शैक्षिक गुणस्तर सुधार गर्न भन्दै सरकारले हरेक वर्ष वार्षिक बजेटको ठुलो हिस्सा शिक्षाका लागि खर्च गर्छ । तर सरकारको लगानी रहेका केही सामुदायिक बिद्यालय बाहेक अधिकांशको शैक्षिक अवस्था दयनिय छ । शिक्षा नियमावलीमा सरकारी नियम अनुसार सामुदायिक बिद्यालयमा भर्ना भएका बिद्यार्थीलाई पुर्ण निःशुल्क अध्ययन गराउनु पर्छ । तर पछिल्ला दिनहरुमा केही सामुदायिक बिद्यालयहरुले नीजि बिद्यालय सरहनै बिद्यार्थीबाट शुल्क असुली रहेका छन् । बिद्यालयले नीजि बिद्यालयको जस्तै बिल नै बनाएर सहयोग, कम्युटर शिक्षा, ट्युशन कक्षा, कम्युटर कक्षा लगाएतका नाममा राखेर शुल्क असुलि गरिरहेका छन् ।
काठमाडौं उपत्यकाका मानसिंह धर्म उच्च माध्यमिक बिद्यालय, तिलिङटार माध्यामिक बिद्यालय, ग्राम शिक्षा मन्दिर माध्यामिक बिद्यालयले यसै गरी शुल्क उठाइरहेका छन् । मानसिंह धर्म उच्च माध्यमिक बिद्यालय ट्युशन शुल्क भनेर प्रति महिना प्रति बिद्यार्थी २ सयका दरले पैसा उठाइरहेको छ ।
तिलिङटार माविले सहयोगका नाममा १४ सयका दरले पैसा लिएको छ । सामुदायिक बिद्यालयमा इच्छुक व्यक्तिले सहयोगका रुपमा लिन पाइने व्यवस्था भएपनि सम्पुर्ण बिद्यार्थीलाई अनिवार्य भने गर्न पाइने छैन । यस्तै ग्राम शिक्षा मन्दिर माध्यामिक बिद्यालय विविध फारम शुल्क भनेर १२ सय ५० रुपैयाँ लिइरहेको छ । उपत्यकाका तीन बिद्यालयको अवस्था देशभरका अधिकांश सामुदायिक बिद्यालयको प्रतिनीधि घटना हुन् । सामुदायिक बिद्यालयमा शिक्षकलाई जागिर खुवाउनै समस्या भएको तीतो यर्थाथ भएपनि बिद्यार्थीबाट अनेक शिर्षक देखाएर शुल्क लिनु गैर कानुनी हो ।
मजदुर दिवस मनाउने क्रममा विभिन्न कार्यक्रमको आयोजना हुँदा चर्का चर्का नारा लागे, कार्यक्रम स्थलहरु सजिए, लाखौँ खर्च गरिए । एक बर्षका लागि काम पुग्यो । अब अर्को बर्षको मे दिवसमा यस्तै भव्य कार्यक्रमहरु गर्नुपर्छ । तगडा भाषण ठोक्नु पर्छ । मजदुरको नाम लिएर राजनीति गर्नेहरुका हात गोडा हेराँै र वास्तविक मजदुरका हात गोडा हेरौँ । मजदुरको हक हितमा आवाज उठाउने मान्छे १० बर्षमा कत्रो कत्रो नेता बन्यो र अर्को ५ बर्षमा कत्रो नेता बन्नेवाला छ । तर मजदुरका जीवनमा परिर्वतन उसको भाषण, घोषणा र तारे होटलमा गरिने कार्यक्रमले कुनै बर्ष पनि ल्याएन ।
मजदुर दिवसले मजदुर लिडर जन्मायो तर मजदुरको गरिबी मारेन । ठुला भाषण ठोक्ने मजदुर नेताहरुलाई बताउँ कि आज दिनभर दुधे बालकलाई छेउमा राखेर केही महिनाकी सुत्केरी आमा, खोला किनारमा गिट्टी कुटीरहेकी थिइन, ठिक त्येही बेला जती बेला मजदुरको जीवन उकास्ने गफ तपाँई माइकमा चुट्दै थिए । श्रमीकका हक अधिकारको भाषण अर्को पार्टी प्यालेसमा चलिरहेको थियो । ठिक त्यती नै बेला देशमा रोजगारी नपाएपछि परिवार पाल्न विदेशीने निधो गरेको गरीब युवक चर्को व्याजमा पैसा लिन साहुले बनाएको कागजमा आजै ल्याप्चे लगाउँदै थियो ।
१२÷१५÷१८ घण्टा मजदुरी नगरी परीवार पाल्न नसक्ने कसैलाई केही केही राहत दिएन मजदुर दिवसले । दिन भरी मजदुर दिवसको कार्यक्रममा दौडदा दौडदा भ्याइ नभ्याइ भएर थाकेर लखतरान परेका मजदुर नेताहरु यति खेर दुइ पेग लडाइवरी सोफामा पल्टेर न्युज च्यानलहरुमा आफ्नो भाषण खोज्दै हुनु हन्छ, रिमोटले च्यानल चेन्ज गरी गरी ।
तर ठिक यति बेला १० हजारको कागजमा सही गरेर लाख लाख बुझाएका युवाहरु खाडी जाने प्लेन कुरेर त्रिभुवन विमास्थलको प्रतिक्षालयमा लामबद्ध छन् ।घोषणा गर्न तछाड मछाड गरीरहेका मन्त्रीहरु मध्ये एक जनाले महिनाको सय जना नेपालीलाई स्वदेश फर्काउने घोषणा गरिदिएको भए देश फर्कन हजारौले आवदेन दिन्थे । तर प्रत्येक बर्ष जस्तै यो बर्ष पनि मजदुर दिवस भव्यसँग मनाइयो । मजदुरको नेता, देशकै नेता भयो । मजदुरको प्रयोग भनेको बन्द, हड्ताल गर्नु पर्दा, विभिन्न दलको झण्डा बोक्ने, जीन्दावाद भन्ने र मुर्दावाद भन्ने मात्र भयो ।
https://youtu.be/CGktH2qOAWU


![भारतले सिमा मिच्दा चुइक्क नबोल्ने मुख्यमन्त्रीलाई रबीले सिधाकुरामा तिरिखिरी पारेपछि.. [भिडियो]](/wp-content/uploads/2018/04/rabi-lamichhane-1.jpg)





