अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंकका कर्मचारीले बैंक तथा वित्तिय संस्थाहरुको प्रलोभनमा परी काम गरेकाे पाइए कारवाही गर्ने चेतावनी दिएका छन्।

नेपाल बंगलादेश बैंक तथा केही वित्तिय संस्थाहरुसँग राष्ट्र बैंकका कर्मचारीले मिलेमतो गरेर संचालक समितिमा तथा सिइअाे समयावधि थप भएको विषयलाई संकेत गर्दै उनले आगामी दिनमा मिलेमतो गरेको पाइए सरकारले त्यस्ता कर्मचारीलाई नछोड्ने चेतावनी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राष्ट्रिय बाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट बैंकको एकीकृत कारोबार कार्यक्रममा बोल्दै उनले नेपाल राष्ट्र बैंकलाई बैंक तथा वित्तीय संस्थाप्रति खुकुलो नहुन निर्देशन दिएका हुन्। रष्ट्र बैंक पछिल्लो समयमा बैंक तथा वित्तिय संस्थाप्रति तोकिएको नीति नियमभन्दा खुकुलो हुँदै गएको पूर्व गभर्नर समेत रहेको खतिवडाकाे भनाइ थियाे।

पछिल्लो समय नेपालको बैंक तथा वित्तीय संस्थामा सुधार आइरहेकाे देखिए पनि नीति नियममा खुकुलो भए जुनसकै बेला ठूलो समस्या उत्पन्न हुन सक्ने उनले बताए। चालू आबको ९ महिनाको तथ्याङ्कअनुसार नेपालका बैंक तथा वित्तिय संस्थाहरूमा केही सुधार देखिए पनि राष्ट्र बैंक चुप लागेर बस्ने अवस्था नरहेकाे उनकाे भनाइ थियो।

अर्थमन्त्री डा.खतिवडाले राष्ट्र बैंकले आगामी दिनमा खुकुलो नभई दरिलो नीति लिन आवश्यक रहेकाे अाैंल्याए। अहिले राष्ट्र बैंकभित्र खराब काम गर्ने तथा बदनाम संस्थालाई कारबाही गर्नुको सट्टा फाइल लुकाउने तथा बचाउन कर्मचारीहरु केन्द्रित हुने गरेको भन्दै उनले त्यो प्रवृत्ति तत्काल हटाउन निर्देशन दिए।

भिडियाे

https://youtu.be/1yD3oSqB180

-नेपाल खबर बाट