विष्णुप्रसाद पोखरेल
दमक/ प्रधानमन्त्री केपी शर्मा ओली बुधबार झापा दमकका बिभिन्न कार्यक्रमहरुमा ब्यस्त भए । उनले दमकेलीहरुको निक्कै खुलेर प्रशंशा गरे । उनले पहिलो नागरिक धिमाल जातीको नगरपालिका प्रवेसद्धारमा प्रतिभा अनावरण गरे ।
त्यसपछि लगत्तै नगरपालिका नजिक रहेको खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको प्रांगणमा पुगे । नगरपालिकामा केहि नबोलेका उनले त्यहाँ भने लामै भाषण गरे । खानेपानी विस्तारमा खेलेको भूमिकाको खुलेर प्रशंशा गरे ।
उनले आउदो सरकारको नीति तथा कार्यक्रममा दमकका सबै वाडमा खानेपानी पुर्याउने उदेश्यका साथ आवश्यक बजेट तथा कार्यक्रम बनाइने आश्वसन दिए । अहिले पर्याप्त पानी नभएको भन्दै उनले यस्तो आश्वसन दिए ।
उनले अर्को पनि महत्वपूर्ण घोषणा गरेकाछन् । कसैले जग्गा उपलब्ध गराएमा अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने उद्घोष गरे । त्यसका लागि पर्याप्त जग्गा दिनु पर्ने र झमेला गर्नु नहुने उनको शर्त रहेको थियो ।
आवश्यकता अनुसार जग्गा उपलब्ध हुनसाथ बढिमा तीन महिनाभित्रमा विस्तृत रुपमा कस्तो क्रिकेट मैदान बन्ने भन्ने परियोजना विवरण बनाउने र एकबर्ष भित्रमा काम नै शुरु गर्ने उनको भनाइ रहेको थियो ।उनले यसका लागि केहि अरब नै बजेट चाहिने भन्दै त्यो उपलब्ध गराउने बताएका थिए ।

आफ्नो क्षेत्रमात्र बिकास होस भन्ने नचाहेको र यसरी नै अरु क्षेत्रको पनि विकास गर्ने उनको भनाइ थियो । हिजो विकासका कुरा गर्दा नपत्यानेहरु अहिले पत्याउन थालेको भन्दै उनले अब विकास र सम्बृद्धिलाइ कसैले रोक्न नसक्ने ठोकुवा गरे ।
ओलीको यो भनाइपछि अब क्रिकेट मैदानका लागि नगरपालिकाले जग्गा ब्यवस्थापन गर्न सक्ला की नसक्ला भनेर चासो शुरु भएको छ । यस विषयमा नगरपालिकाको धारणा भने आएको छैन ।



