काठमाडाैं, १२ पुस । जनयुद्धका सहकर्मी प्रचण्ड र डा. बाबुराम भट्टराई १६ महिनापछि सोमबार एउटै मञ्चमा देखा परे । संयोग स्व. भक्ति पाण्डेको जीवनयात्रा समेटिएको पुस्तक ‘चाचा’ सार्वजनिकीकरण कार्यक्रमले जुराइदिएको थियो । कार्यक्रममा प्रचण्ड प्रमुख अतिथि थिए भने डा. भट्टराई विशिष्ट अतिथि थिए । डेढ घन्टा लामो कार्यक्रममा कुम जोडेर मञ्चमा बसेका प्रचण्ड–बाबुरामले एकअर्काका सबल र दुर्बल पक्षबारे खुलेरै चर्चा गरे ।

आजको नयाँ पत्रिकामा खबर छ– भट्टराईले ९ असोज २०७२ मा माओवादी त्याग गरेपछि यी दुई नेता पहिलोपटक एउटै सार्वजनिक मञ्चमा बसेका हुन् । दलीय बैठकहरूमा कैयौँपटक भेट भए पनि सार्वजनिक मञ्चमै भने प्रचण्ड–बाबुराम सँगै देखिएका थिएनन् ।

बाबुरामबारे प्रचण्ड
बाबुरामजीलाई मैले जति अरूले बुझेका छैनन्
हामी झन्डै तीन दशक कम्युनिस्ट आन्दोलनमा एउटै पार्टीमा रह्यौँ । २५ वर्ष एउटै कमिटीमा हामी बस्यौँ । धेरै ठूला उतार–चढाव हामीले पार गर्‍यौँ, सँगसँगै । हामीबीचको एकताको आवश्यकता के हो र महत्व के हो भन्ने कुरा बुझ्नेमा हामी असाध्यै नजिक छौँ भन्नेमा म अहिले पनि विश्वस्त छु । अहिले उहाँ नयाँ शक्ति भनेर नयाँ ढंगले जानुभएको छ । तैपनि, मेरो भूमिका के हो भन्नेमा उहाँले र उहाँमा भएको गुण के हो भन्नेमा मैले जति अरूले बुझेका छन् भन्नेमा मलाई विश्वास लागेको छैन ।

तर, उहाँले हतारो गर्नुभयो
एकता केन्द्र बनाउँदा म नेतृत्वमै थिएँ, त्यसलाई माओवादी बनाउँदा पनि म नेतृत्वमै थिएँ । जनयुद्ध सुरु गर्दा र शान्तिप्रक्रियामा आउँदा पनि म नेतृत्वमै थिएँ र छु ।

बाबुरामजीलाई वैचारिक राजनीतिक बहस गर्दै जाँदा यदि हामी ‘जड’ नै भएको लागेको भए या हामी साँच्चै विचलनतिर गएको जस्तो भए जनयुद्ध न सुरु गर्न सम्भव हुने थियो, अथवा यसको अन्तिममा ल्यान्डिङ जसरी जुन ढंगले भयो, न त्यो नै सम्भव थियो । यतिवेला पुष्टि हुन्छ कि बाबुरामजीले हतारो गर्नुभयो । उहाँले त्यसो नगरेको भए हुन्थ्यो ।

बाबुरामजीको स्टेप अलि ‘नर्मल’ लाग्दैन
यहाँ म एउटा शब्द प्रयोग गर्न चाहन्छु– उहाँको स्टेप अलि नर्मल लाग्दैन । हामीले नर्मल स्टेप चाल्दै जान सकिन्थ्यो । हामी अहिले एक–अर्कालाई धेरै आरोपित गर्नेभन्दा पनि समीक्षा गर्नुपर्ने ठाउँमा छौँ । त्यो समीक्षाले फेरि हामीलाई एक ठाउँमा पुर्‍याउन सम्भव छ ।

एकै ठाउँमा उभिनुको विकल्पै देखेको छैन
अहिले हामी दुई ठाउँमा छौँ, तर देशको राजनीतिक घटनाक्रम परिस्थितिले हामीलाई फेरि एकै ठाउँमा ल्याउने वातावरण तयार पार्दै छ । हामी इमानदार छौँ, राष्ट्रप्रति, जनताप्रति । हिजो गरेका काम र त्यसको उपलब्धिको रक्षाप्रति भने हामी एकै ठाउँमा उभिनुको मैले विकल्पै देखेको छैन ।

उपलब्धि उल्टाउन धराप थापिएको कुरा बिर्सन हुँदैन
कहीँ न कहीँ संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता समावेशी–समानुपातिकजस्ता उपलब्धिलाई उल्ट्याउने कोसिस बढेका छन् । किनकि, माओवादीहरू विभाजित भए, पराजित भए, कोही के भनेर हिँड्छन्, कोही के भनेर हिँड्छन् । अहिले प्राप्त उपलब्धिको संस्थागत गर्ने जिम्मेवारी माओवादीसँग छ ।

अब फेरि पछाडि फर्कन सकिन्न
अब फर्केर ०४७ सालतिर जान सकिँदैन, जाने ०७४/०७५ तिरै हो । तर, देशको यही चित्र रहिराख्छ कि राख्दैन ? हामीले जे भनेका थियौँ, जे प्रयोग गरेका थियौँ, त्यो रहन्छ कि रहँदैन भन्ने असाध्यै गम्भीर प्रश्न देशको अगाडि खडा छ । हामी चाहे, संविधान संशोधनको कुरा गरौँ या निर्वाचनको कुरा गरौँ, हामी सुन्न थालेका छौँ, प्रदेशको निर्वाचन नभए पनि के भयो र ? यहाँ संविधान नै नभए पनि के जान्छ र ?

प्रचण्डबारे बाबुराम
हामी परिपूरक थियौँ, तर तथ्य बंग्याउने काम भयो
जनयुद्धको विकास गरेर यो अवस्थासम्म ल्याउन प्रचण्ड र बाबुरामको भूमिका रह््यो, उनीहरूका भूमिका एक–अर्काका परिपूरक थिए । तर, दुर्भाग्य त्यसलाई यथार्थका रूपमा स्वीकार नगर्ने, पार्टीभित्र पनि अस्वस्थ खालका गुटगत प्रतिस्पर्धा गर्ने र एउटालाई एकातिर, अर्कोलाई अर्कोतिर उचालिदिने, यथार्थ कुरालाई बंग्याइदिने काम भयो । मलाई लाग्छ, हामी दुईको पूरक भूमिकाकै कारण यो अवस्थासम्म आइपुगेका हौँ । तर, म अब त्यसमा केही भन्न चाहन्नँ, किनकि मैले एउटा नयाँ अगाडिको बाटो तय गरिसकेको छु ।

विचारमा भिन्नता हुँदा अलग बाटो
प्रचण्ड र बाबुरामबीच कुनै व्यक्तिगत सम्बन्ध थिएन, देश र जनताको मुक्तिको साझा उद्देश्यका आधारमा सम्बन्ध बनेकोे थियो । एकै पार्टीमा रहँदा पनि विचारमा हाम्रा केही मतभिन्नता थिए ।

त्यो विचारमा केन्द्रित थियो, अहिले हामी पछाडि फरक बाटोमा लाग्नुमा पनि विचारकै कारणले भूमिका खेलेको छ । नेपाली समाज अहिले अर्को चरणमा प्रवेश गर्‍यो । हामीले जनयुद्धबाट जुन उपलब्धि हासिल गरेका थियौँ, ती उपलब्धि नगुम्ने गरी त्यसको रक्षा गर्न समृद्ध समाजवाद हुँदै अगाडि जानुपर्छ ।

हामी मिल्न चाहन्छौँ
देशभित्र अहिले जुन खालको संकटका बादल मडारिन थालेका छन्, प्राप्त उपलब्धि गुम्ने त होइन भन्ने खतरा देखिँदै गएको छ । त्यसलाई बचाउन, जोगाउन हामीले ध्यान दिनैपर्छ । त्यसका लागि हामी मिल्नुपर्छ भन्ने कुरा प्रचण्डजीले भनिरहनुभएको छ, हामी मिल्न नचाहेका होइनौँ, मिल्न चाहन्छौँ, मिल्ने सम्भावना भोलि पनि रहन्छ । मूल कुरा विचारमा हामीबीच एकरूपता ल्याउनुपर्छ । विचार, नीति–कार्यक्रम एक हुनुपर्‍यो ।

पुरानो माओवादी परिभाषाले चल्दैन
अब नेपालमा पुराना माओवादीको परिभाषाले मात्र पुग्दैन, हिजोको निम्ति ठीक थियो, खासगरी माक्र्सवादको आधारभूत तत्व द्वन्द्वात्मक भौतिकवाद विज्ञान हो, विज्ञानले त्यसलाई पुष्टि गरेको छ । तर, त्यसको प्रयोग विभिन्न देशमा विभिन्न ढंगले भयो, खासगरी स्टालिनको पालामा जुन ढंगले यान्त्रिकतामा त्यसलाई डो(याइयो र पार्टी र सत्तालाई जसरी प्रयोग गरियो, त्यसलाई संसारका कम्युनिस्टहरूले यान्त्रिक रूपले नक्कल गरे ।

रूपान्तरण हुनुभयो भने एक हुन सक्छौँ
अब हामीले नयाँ बाटो लिनैपर्छ । मार्क्सवाद भनेको यान्त्रिक जडसूत्रवाद होइन, समयानुकूल परिमार्जन र विकास गरेर अगाडि बढ्ने विज्ञान हो । यसरी नै जानुपर्छ । साथीहरूले पनि त्यसैगरी सोचिदिनुभयो भने रूपान्तरण गरेर नयाँ ढंगले ल्याउनुभयो भने भोलि हामी एक हुन सक्छौँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah