काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सिन्डिकेट कायम राख्न माग गर्दै आन्दोलन गरी गाडी ग्यारेजमा थन्क्याउने यातायात व्यवसायीलाई पक्राउ गरी कारबाही गर्न ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन्। उनीहरुले गाडी नचलाएपछि हजारौं यात्रुहरु मर्कामा परेपछि गृहमन्त्रीले यस्तो निर्देशन दिएका हुन्।

मन्त्रीका एक सहयोगीका अनुसार अत्यावश्यक सेवाका क्षेत्रमा हडताल गरेकाले ऐनअनुसार कारबाही गर्न सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ। उक्त सेवा ऐनअनुसार यो क्षेत्रमा आन्दोलन गर्नेहरुलाई पक्राउ समेत गर्न सकिने प्रावधान छ।

सर्वसाधारणको दैनिक जीवनका अत्यावश्यक सेवा क्षेत्रमा बन्द, हडताल गर्न नपाउने भन्दै गृह मन्त्रालयले बैसाख ११ गते राजपत्रमा सूचना जारी गरेको थियो। उक्त सूचनामा सरकारले यातायात क्षेत्र लगायत १८ सेवामा अत्यावश्यक सेवा ऐन अन्तर्गत हडताल र बन्द निषेध क्षेत्र घोषणा गरेको छ। अत्यावश्यकीय वस्तुमा हडताल गर्ने व्यवसायीलाई तत्काल पक्राउ गरी सरकारले थुनामा राख्न सक्नेछ भने उनीहरुलाई ६ महिनादेखि ५ वर्षसम्म जेल सजाय हुन सक्छ।

यातायात व्यवसायीहरुले शुक्रबार देशभरि गाडी ग्यारेजमा थन्क्याएका हुन्। उनीहरुले २७ गतेदेखि अनिश्चितकालीन हडतालको तयारी गरेका छन्। यातायात समिति खारेज गर्ने र देशभर रुट खुला गरी ल्याइएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजी उनीहरुको माग छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah