सिन्डिकेट खारेज गर्ने सरकारी निर्णयविरुद्ध शुक्रवार देशभर यातायात सेवा बन्द गरेका यातायात व्यवसायीलाई सरकारले नियन्त्रणमा लिएको छ ।

शुक्रवार साँझसम्म गृहमन्त्रालयबाट प्राप्त जानकारी अनुसार देशभरबाट ७३ जना यातायात व्यवसायी पक्राउ परेका छन् ।

आफ्ना गाडी ग्यारेज र घरमा थन्काएर सेवा बन्द गरेका यातायात व्यवसायीलाई प्रहरीले पक्राउ गरेको हो ।

गृहमन्त्री रामबहादुर थापा बादलको निर्देशनमा देशभरका ७७ वटै जिल्लामा यातायात सेवा बन्द गर्नेविरुद्ध कदम चालिएको गृह मन्त्रालयले जनाएको छ ।

आवश्यक सेवा सञ्चालन ऐनअनुसार सरकारले वैशाख १ गते राजपत्रमा सूचना प्रकाशित गरी सार्वजनिक यातायात क्षेत्रमा हड्ताल निषेध गरेको थियो ।

सरकारले यातायात क्षेत्रलाई अत्यावश्यक सेवा अन्तर्गत राखी हड्तालमा उत्रिएका यातायात समिति र व्यवसायीमाथि कडा रुपमा प्रस्तुत भएको छ ।

शुक्रवार सेवा बन्द गर्ने यातायात व्यवसायीको विवरण शंकलन गरी रुट परमिट निलम्बन गर्ने सरकारको तयारी छ ।

यस्तै यसअघि गैरनाफामूलक संस्थाका रुपमा दर्ता हुँदै आएका यातायात समिति नवीकरण नगर्ने निर्णय गरेको सरकारले समितिको नाममा भएको चल–अचल सम्पत्तिको छानवीन गर्ने र बैंक खाता रोक्का गर्ने निर्णय समेत गरेको छ ।

हेर्नुहाेस्र यी हुन् देशभरबाट पक्राउ परेका यातायात व्यवसायीहरू,

 

लोकान्तर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah