दमक/झापा दमकका सामाजिक एवं ब्यवसायिक ब्याक्तित्व रोहित आचार्यलाइ पकेहि दिन यता फोन उठाउन भ्याँइनभ्याइ रहेको छ । सनम हत्या काण्ड र ३३ किलो सुन काण्डको बिषयमा उनीसंग जिज्ञासा राख्न फोन आउने गरेको हो ।

पक्राउ परेकाहरुले बयानका क्रममा रोहित आचार्यको नाम लिएपछि उनि चिनिएको नाम भएकाले धेरैले उनलाइ शंका गर्दा समस्या भएको हो । तर उनीसंग नाम मिलेको र अर्कै रोहित आचार्य भएको भनेर जवाफ दिदै उनलाइ हैरान भएको छ ।
धेरै हद भएपछि उनले आफू त्यसकाण्डमा नजोडिएको रोहित आचार्य भएको भन्दै फेसबुमा स्टाटस नै लेख्न बाध्य भएको पाइएको छ । उनले भने, फोन आएका र बाहिर सोध्नेहरु सबैलाइ होइन भनेर सफाइ दिदादिदा हैरान भइसकेको छु ।




