भक्तपुर, १४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘ठूला दलहरुले सत्तामा पुग्न र टिक्नका लागि बाह्य शक्तिको आड लिन खोज्दा’ अहिले देश गम्भीर सङ्कटमा परेको बताउनुभएको छ ।

तौमढी (पाँचतले मन्दिर) मा राप्रपा भक्तपुरले आज आयोजना गरेको मध्यमाञ्चलस्तरीय आमसभा एवम् राप्रपा भक्तपुरका संस्थापक अध्यक्ष सुरेन्द्रप्रताप शाहको वार्षिक स्मृति सभामा उहाँले भन्नुभयो, “सत्तामा पुग्न र टिक्न बाह्य शक्तिको आशीर्वाद चाहिन्छ भनेर सबै राजनीतिक दल हाबी भएका छन्, जसका कारण विदेशी हस्तक्षेप बढ्दै गएको छ ।”
परिवर्तनलाई संस्थागत गर्ने नाममा जनताको अभिमतबिना नै हिन्दू धर्मलाई मास्ने काम भएको भन्दै उहाँले देश र जनताको राष्ट्रिय पहिचान र एकतालाई खलबल्याउने काम ठूला दलबाट भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणाले ‘जनताको चाहना विपरीत मेटिएको हिन्दू राष्ट्रको पहिचानलाई’राप्रपाले कुनै हालतमा फर्काउने दृढता व्यक्त गर्नुभयो । आपूर्तिमन्त्री दीपक बोहरा र भूमिसुधार तथा विकासमन्त्री विक्रम पाण्डेले नेपाललाई विकासमा अगाडि बढाउन युवा वर्गलाई एकत्रित बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा राप्रपाका वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनी, महामन्त्री टङ्क ढकाल, उपाध्यक्ष बुद्धिमान तामाङ, राजीव पराजुली, कलाकार कोमल वलीलगायतले देशलाई अस्थिरताको जन्जिरबाट मुक्त गर्नुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah