काठमाडौं, २३ बैशाख - काठमाडौं महानगरपालिकाले राजानीको १० स्थानमा आकाशेपुल निर्माण गर्ने भएको छ ।

व्यापारिक प्रायोजनका लागि नभई बटुवा आवतजावत गर्ने प्रयोजनका लागि स्टिल स्ट्रक्चरको आकाशेपुल निर्माण गर्न लागेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सडक विभागको परामर्शअनुसार साउन महिनादेखि ती पुल निर्माण हुनेछन् ।

करिब ५ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेका सबै आकाशेपुल ट्रान्सपरेन्ट हुनेछन् ।

कामपाले चाबहिल, नयाँ बानेश्वर, कोटेश्वर, माइतीघर, कालिमाटी, गौशाला, बागबजार, त्रिपुरेश्वर, महाराजगञ्ज चोक र बबरमहल गरी १० स्थानमा आकाशेपुल निर्माण गर्न लागेको जनाएको छ । यसबारे आजको नेपाल समाचारपत्रमा विस्तृत समिाचार छापिएको छ ।