विष्णुप्रसाद पोखरेल दमक/झापाको दमकमा बैकबाट सामाजिक सुरक्षा भत्ता लिन जेष्ठ नागरिकहरुलाइ समस्या भएको पाईएको छ । बिहान ८ बजेदेखि लाइनमा बसेर पनि बृद्धभत्ता नपाइ त्यसै घर फर्कनु परेको पाईएको हो ।

आइतवार दमक ९ हिमालयन बैकमा जेष्ठ नागरिकहरु बिहान ७ बजेदेखि नै चिसो भूइमा लाइन बसेर पनि बृद्धभत्ता नलिइ फर्केकाछन् । संगम स्वीटससंगै रहेको हिमालय बैकमा बिहान ६ बजेदेखि नै जेष्ठ नागरिकहरु आएर लाइन लागेको संगम स्वीट्सका प्रोपाइटर बिमल शर्माले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बृद्धमत्ता बैकमा जहिले पनि पाउन सकिन्छ भनेर बुझाउन नसक्दा र बितरणमा सहजता ल्याउनका लागि कुनै उपाय अवलम्बन नगर्दा धेरैले दुख पाएको जनाईएको छ ।

वडा नं. ९ का वडाध्यक्ष रामबहादुर धिमालले अत्यन्त कष्ठप्रद तरिकाले जेष्ठ नागरिकहरु लाइन बसेको बताए । यहि भेटिएका उनले भोकभोकै बिहानदेखि चिसो भूइमा बसेका जेष्ठ नागरिकहरुले समेत बृद्धभत्ता नलिइ फर्केको उनको भनाइ रहेको छ ।

जेष्ठ नागरिकहरुलाइ संगम स्वीट्सका प्रोपाइटर बिमल शर्माले पानी भने बाँडेका थिए । बिजोग अवस्था देखेर आफूले निशुल्क पानी बाँडेको शर्माले जनाए ।

https://www.youtube.com/watch?v=IAElpcwdKrw&feature=youtu.be