काठमाडौं– संविधानले जम्बो मन्त्रिपरिषद् निर्माण गर्ने दलहरुको परम्परालाई अंकुश लगाउँदै २५ सदस्यीय मन्त्रिमण्डल हुने निश्चित गरिदिएको छ। राज्यको आर्थिक भार कम गराउने भन्दै सानो मन्त्रिपरिषद् बनाउन सहमत भएका दलहरु संसद्को‌ समिति भने घटाउनुभन्दा बढाउनतिर लागेका छन्।

विगतमा ३१ वटा मन्त्रालय हुदाँ विषयगत र विशेष गरि १५ वटा संसदीय समिति थिए। तर, संसद्‌को नियमावली मस्यौदा समितिले १८ वटा मन्त्रालय रहेको वर्तमान अवस्थामा १६ वटा समिति बनाउने निर्णय गरेको छ।

संघीय संसद्‌मा १६ वटा समिति हुने व्यवस्थासहित नियमावलीको मस्यौदा आइतबार सदनमा पेश भई संशोधनका लागि आह्वान गरिएको छ। मस्यौदा समितिले संसद्‌को नियमावली शनिबार पारित गरी आइतबार सदनमा पेश गरेको हो। प्रतिनिधिसभा र राष्ट्रियसभामा विषयगत र विशेष गरी १४ वटा समिति तथा २ वटा संयुक्त समिति रहने संघीय संसदको नियमावलीमा उल्लेख छ।

संघीय संसद् सचिवालयले संसद्को प्रारम्भिक नियमावली मस्यौदा तयार गर्ने क्रममा १२ वटा समितिको प्रस्ताव गरिएको थियो। यसअघि ६ सय १ सदस्य रहेको व्यवस्थापिका संसद्‌मा १२ विषयगत समिति र ३ विशेष समिति थिए। विगतमा ३० भन्दा धेरै मन्त्रालय हुदाँ १५ संसदीय समिति रहेको भन्दै यसपटक कम मन्त्रालय भएकाले कम समिति बनाउन सचिवालयले प्रस्ताव गरेको थियो।

विगतभन्दा सानो आकारको मन्त्रिमण्डल बनेकाले सोही अनुरुप सानो आकारमा विषयगत संसदीय समिति हुनुपर्ने भए पनि त्यसलाई बेवास्ता गर्दै प्रतिनिधि र राष्ट्रियसभामा समितिको संख्या थप्न सत्ता र प्रतिपक्षी दल सहमत भएका हुन्।

 

प्रतिनिधिसभाका समितिमा यसअघिका विषयगत समितिहरू सार्वजनिक लेखा समिति, राज्य व्यवस्था समिति र अर्थ समितिका नाम परिवर्तन भएका छैनन्। बाँकी समितिको नयाँ नामकरण गरिएको छ।

यस्ता छन् १० विषयगत समिति

सार्वजनिक लेखा समिति

राज्य व्यवस्था समिति

अर्थ समिति

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति

अन्तर्राष्ट्रिय सम्बन्ध समिति

कानुन न्याय तथा मानव अधिकार समिति

कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति

महिला तथा सामाजिक समिति

विकास तथा प्रविधि समिति

शिक्षा तथा स्वास्थ्य समिति

यी हुन् राष्ट्रियसभाका समिति

सुशासन तथा अनुगमन समिति

विधेयक समिति

दिगो विकास समिति

यी हुन् २ साझा समिति

संसदीय सुनुवाइ विशेष समिति

अनुगमन तथा मूल्यांकन विशेष समिति

दुवै सदनमा रहने विशेष समिति

महाभियोग सिफारिस समिति

यस्तो छ विषयगत समितिको कार्यक्षेत्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah