१५ पुस । तीन वर्षअगाडि घर बिदामा आएपछि सम्पर्कविहिन बनेका नेपाली सेनाका जवान धर्मराज जोशी अहिलेसम्म सम्पर्कमा आएका छैनन ।
जयपृथ्वी नगरपालिका–८ घर भएका सिपाही जोशी २०६९ साल बैशाख २ गते घर बिदामा आएर १६ दिन पछि आफु कार्यरत भैरव प्रसाद गण सिमखर्क ब्यारेक सल्यानतर्फ फर्कँदैगर्दा बीच बाटोमा हराएका थिए । घर बिदामा आएर घरमा केहि दिन बसेपछि व्यारेकमै जान्छु भन्दै हिँडेका सुदुरपश्चिम बन्दका कारण भारतको बाटो गएको उनकी श्रीमती भुवनेश्वरी उपाध्याय जोशीले बताइन् ।
घरबाट हिंडेको दुई दिनसम्म ब्यारेक नपुगेपछि भैरब प्रशाद गणले आफ्नो निकाय साथै आफन्त र नेपाल प्रहरीलाई पनि खोजकार्यका लागि आग्रह गरेको थियो ।



