प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा पूर्व प्रधानमन्त्रीहरुसँग सरकारको नीति तथा कार्यक्रमका विषयमा मंगलबार छलफल गरेका छन् ।

बैशाख २५ मंगलबार बिहान आयोजित छलफलमा अव्यस्थित बसोबासलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबास विकासको वाधक भएकोले त्यसलाई व्यवस्थित गर्न बस्तीहरु स्थानान्तरण गर्नुपर्ने प्रस्ताव गरेकाथिए ।

यसैगरी भू–उपयोग सम्बन्धी नीति पनि बनाउनु पर्ने पूर्व प्रधानमन्त्रीहरुले सुझाव दिएका छन् । बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पुष्पकमल दाहाल, शेरबहादुर देउवा, बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीको सहभागिता थियो ।

भेटघाटको प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ट्वीटमा आफूहरुले प्रधानमन्त्री ओलीलाई गच्छे अनुसारको सल्लाह–सुझाव दिएको जानकारी दिएका छन् । भट्टराईले बजेट निर्माणको छलफलमा जनप्रतिनिधिलाई सक्रिय सहभागिता गराउन आग्रह गर्दै तजबिजी रकम दिन नहुने सुझाव दिएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah