करन महरा/ के बि
नेपालका प्रधानमन्त्री केपिशर्मा ओलिको भारतको राजकिय भ्रमण सकिए लगत्तै भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण आउन लागेका छन् ।उनी बैशाख अन्तिम सम्म नेपाल आईपुग्नेछन्।

मोदि भ्रमणकै तयारिका लागि केन्द्र सरकार देखि स्थानिय जनप्रतिनिधि सबै जुटेकाछन् । दुईदिने नेपाल बसाईमा मोदिको नागरिक आभिनन्दन देखि स्थानिय बिकासमा सहकार्यको प्रस्ताव ,अरुण जलविद्युत आयोजनाको शिलान्यास गर्ने लगायतका विविध कार्यक्रमहरु रहेका छन्।
यद्यपि मोदिको भ्रमण नजिकिंदै गर्दा नागरिक स्तरमा विभिन्न बहसहरु सुरु बहैसकेका छन्। पहिलो कुरा उनी नेपालका मित्रराष्ट्रहरु मध्ये नजिकको छिमेकी मुलुकका प्रधानमन्त्री पनि हुन् र दोश्रो, धार्मिक तथा भौगोलिक बनावटका हिसाबले समेत दुबैमुलुक घनिष्ठ मानिन्छन्।

नेपाल एक सार्वभौम सम्पन्न मुलुक हो र पनि भारतले नेपालका विभिन्न आन्तरिक मामिलाका बिषयहरुमा सदियौँ देखी बखेडा झिक्दै आईरहेको तितो यथार्थ छर्लंङ्गै छ।

करन महरा/ के बि

प्रमुखत:०७२ बैशाखमा नेपालमा आएको महा-भुकम्पका बेला ६ महिना लामो अघोषित नाकाबन्दी गरि भु- परिवेस्टित मुलुकले पाउनुपर्ने न्युनतम अधिकारबाट समेत आमनागरिक हरुलाई बन्चित गर्नमा उनले ठुलै भुमिका वा षडयन्त्र खेलिसकेका छन्। अचम्म त केछ भने ,छिमेकी मुलुकका नागरिक प्रतिको अमानवीय व्यबहार गरिसकेका मोदिलाई फेरि कुन अर्थमा सोही मुलुकमा नागरिक अभिनन्दन दिईँदैछ भन्नेमा आम नागरिक अँझै आश्चर्यचकित नै छन्।

भुकम्पका बेला घामपानी बाट ओतलाग्ने छानो समेत नपाएर रुमलिनु पर्दाको पीडा,औषधि अभावमा घाइतेहरु छटपटाहटमै मृत्युवरण गर्नुपर्दाको पीडा ,आफन्त गुमाउँदाको पीडा अनि
ग्याँसतेलको अभावमा भोकभोकै रात काट्नु पर्दाको असैह्य पिडा आम नेपालिहरुले तेतिछिट्टै बिर्सन सक्दैनन्।
एकातर्फ प्राकृतिक बिपत्तीले रुमलिरहेका नेपालिहरुलाई भारतले अघोषित रुपमै कृतिम नाकाबन्दी मार्फत पिडामाथि पीडा दिनुले काँहा सम्मको मित्रता दर्शाउँछ ? अनि कोशिको बाढिले पुरै गाउँसहित हजारौँ जनता डुबानको सास्ती खेपिरहेका बेला कोशी ब्यारेजका सबैढोका बन्द गरि बर्षेनि नेपालको तराईं क्षेत्र डुबान भै सैयौँ हताहत भैसक्दा समेत रमिते बनी हेरिरहने कस्तोखालको छिमेकी ? नेपाली नागरिक प्रती गल्तिको माफी माग्नु पर्छकी पर्दैन ? बिना माफी आम-नागरिकहरुले कसरी अभिनन्दन / सम्मान गर्ने ?

सार्वभौम मुलुकको भ्रमणमा प्रधानमन्त्रीका हैसियतमा जाँदा समान हैसियतका प्रधानमन्त्री लाई पहिला भेट्नुपर्ने हो नकि प्रदेस प्रमुखलाई ।अनि नेपालको राजधानी काठमाडौ भएकाले मोदी पहिले काठ्माण्डौँ आएर अन्य ठाउँको भ्रमण जानू उचित हुन्थ्यो।

शान्ति स्थापित मुलुकमा आफ्नो देशका सुरक्षाकर्मी ल्याउँदा नेपालको अन्तरास्ट्रिय छविमा कस्तोखाले म्यासेज जान्छ ? नेपाली सेना संसारमा थुप्रै मुलुकको शान्ति सुरक्षार्थ यु.एन. मिशनमा सक्षम स्थापित भैसक्दा समेत उ आफै चुप रहनुले राष्ट्रीय हित गर्दैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय