काठमाडौँ, १५ पुस । सरकारले अपाङ्ग बालबालिकालाई विद्यालयमा ल्याउनका लागि गुरुयोजना बनाउन तयारी थालेको छ ।

शिक्षा पत्रकार सञ्जालले आज यहाँ ‘दृष्टिविहीन विद्यार्थीमा देखिएको समस्या’ विषयक अन्तक्र्रिया कार्यक्रममा शिक्षा विभागका उपनिर्देशक गणेश पौडेलले सबै अपाङ्ग बालबालिकालाई विद्यालयमा भर्ना गर्न र सिकाइ उपलब्ध गराउन गुरुयोजना ल्याउन थालिएको जानकारी गराउनुभयो ।

“अपाङ्ग भएका बालबालिका सबै विद्यालय आउन सकेका छैनन्”, उहाँले भन्नुभयो – “अपाङ्ग भएका कारण कोही पनि शिक्षाबाट बाहिर नरहुन् भन्नका लागि गुरुयोजना बनाउन थालेका हाँै ।” उहाँले गुरुयोजना बनाउनेबारे अहिले छलफल भइरहेको जानकारी गराउनुभयो । उहाँका अनुसार करिब पाँच लाख बालबालिका भए पनि ७२ हजार ७९५ जना बालबालिका विद्यालयमा भर्ना भएका छन् ।

सात किसिमका अपाङ्ग भएका विद्यार्थीलाई आवासीय छात्रवृत्ति, साधन र सहयोगी छात्रवृत्ति, यातायात छात्रवृत्ति र प्रोत्साहन छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । उहाँले अहिले छ हजार २०० अपाङ्ग भएका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिइरहेको जानकारी गराउनुभयो ।

सरकारले अपाङ्ग भएका विद्यार्थी अध्ययन गर्नका लागि ३२ वटा विशेष विद्यालय सञ्चालनमा ल्याएको छ । तीमध्ये १७ बहिरा, १४ बौद्धिक अपाङ्ग र एक दृष्टिविहीन विद्यालय रहेका छन् ।

उपनिर्देशक पौडेलले दृष्टिविहीन विद्यार्थीलाई परीक्षामा सजिलो गर्नका लागि गणित र सामाजिकका चित्राङ्कित प्रश्नपत्रको सट्टा अन्य वैकल्पिक प्रश्न राख्ने तयारीसमेत भएको बताउनुभयो ।

“राष्ट्रिय परीक्षा बोर्डसँग चित्राङ्कित प्रश्नको सट्टा वैकल्पिक प्रश्न बनाउने कुरा भइरहेको छ”, उहाँले भन्नुभयो – “आउँदा शैक्षिक सत्रदेखि चित्राङ्कित प्रश्न हटाउँछौ ।” उहाँका अनुसार अहिले नौ हजार ५३४ दृष्टिविहीन विद्यार्थी अध्ययन गरिरहेका छन् ।

कार्यक्रममा नमुना मछिन्द्र उच्चमावि लगनखेलकी कक्षा १० मा अध्ययनरत रोजीना पोखरेलले गणितको ज्यामिति र सामाजिक विषयका प्रश्नमा चित्र भएकाले आफूलाई उत्तर लेख्न समस्या भएको बताउनुभयो । उहाँले चित्राङ्कित प्रश्नको सट्टा अन्य प्रश्न राखिदिएको भए राम्रो हुने बताउनुभयो । उहाँले आफूलाई परीक्षामा छुट्याइएको समय पनि थोरै भएकाले सबै प्रश्नको उत्तर लेख्न नसकिने बताउनुभयो ।

“हामीलाई आधा घन्टा थप समय दिइएको हुन्छ”, उहाँले भन्नुभयो – “तर हामीभन्दामुनिका कक्षा ८ का विद्यार्थीको सहयोग लिएर लेख्नुपर्ने हुन्छ । उनीहरुले हामीले भनेको जस्तो लेख्न सक्दैनन् । अनि समय नै पुग्दैन ।’’

कार्यक्रममा उक्त विद्यालयकी शिक्षिका बुद्धलक्ष्मी श्रेष्ठले विद्यालयमा होस्टेल नहुँदा विद्यार्थीलाई पढाउन नसकेको बताउनुभयो ।

“२० जना मात्र विद्यार्थी अट्ने होस्टेल छ । दृष्टिविहीन विद्यार्थी धेरै भर्ना हुन आउँछन्”, उहाँले भन्नुभयो – “तर हाम्रा विद्यालयमा अहिले नै नयाँ शैक्षिकसत्रको लागि कोटा पूरा भइसक्यो ।”

कार्यक्रममा अङ्कुर समाहित शिक्षा प्रतिष्ठानका सचिव माधवप्रसाद अर्यालले धेरै अपाङ्ग विद्यार्थी बाहिर भएकाले सरकारले विद्यालयमा भर्ना गर्ने योजना ल्याउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah