काठमाडौँ, १५ पुस । युवा सङ्घ नेपालले सङ्घका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गरेको छ ।

सङ्घका प्रवक्ता प्रभातविक्रम कटुवालले आज विज्ञप्ति निकाल्दै बुढाथोकीमाथि खुकुरी प्रहार गर्नेलाई कानुनी कठघरामा ल्याई तुरुन्तै कारबाहीको माग गर्नुभयो । विज्ञप्तिमा संविधान संशोधनविरुद्ध नेकपा (एमाले)को आन्दोलनबाट त्रसित भएकाहरुले आन्दोलन कमजोर बनाउन बुढाथोकीमा माथि आक्रमण गरेको आरोप लगाइएको छ ।

बिहीबार राती ९ बजे बाँकेको कोहलपुरमा बुढाथोकीलाई एक समूहले खुकुरी प्रहार गरेको र उहाँको हाल भारतको लखनउमा उपचार भइरहेको जनाइएको छ ।
सरकारी गाडीमा आगजनी

दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका सङ्घका कार्यकर्ताले आज नयाँ बानेश्वरमा सरकारी गाडीमाथि तोडफोड गर्नाका साथै आगजनी गरेका छन् ।

उनीहरुले बा२झ १३९२ नंको सरकारी गाडी जलाएको महानगरीय प्रहरी परिसर काठमाडौँका निमित्त प्रमुख, प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्की जानकारी गराउनुभयो ।

यसैगरी बा२झ १०५५ नंको सरकारी गाडी तोडफोड गरिएको छ । उहाँले सरकारी गाडी जलाउनको खोजी भइरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah