हेटौँडा, १५ पुस । उद्योगमन्त्री नवीन्द्रराज जोशीले उद्योग सञ्चालन गर्ने मालिक र काम गर्ने मजदुरको सम्बन्ध राम्रो हुनुपर्ने बताउनुभएको छ ।

उद्योग सङ्घ मकवानपुरको १५आँै वार्षिक साधारणसभाको आज हेटौँडामा उद्घाटन गर्दै उहाँले उद्योगी र मजदुरमा एकले अर्कोलाई हेर्ने दृष्टिकोण राम्रो हुनुपर्ने बताउनुभयो ।

अबको १० वर्षभित्रमा मजदुरका लागि विदेश जानुपर्ने बाध्यता हटाउने गरी रोजगारीको वातावरण सिर्जना गर्दै लगिने उहाँको भनाइ छ ।

कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर ३ का सांसद अनन्त पौडेलले औद्योगिकीकरणको नीति निर्माण र विकासमा कसैले पनि ध्यान नदिएको बताउनुभयो । नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले उद्योगीका नीतिगत समस्या समाधान गर्दै जानुपर्ने बताउनुभयो ।
यसैबीच हेटौँडामा आजबाट सडक खाना महोत्सव सुरु भएको छ । होटल एसोसिएसन मकवानपुरको आयोजनामा भएको खाना महोत्सवमा ४४ कक्ष रहेका छन् । अङ्ग्रेजी नयाँ वर्ष २०१७ का अवसरमा महोत्सव आयोजना गरिएको एसोसिएसनका अध्यक्ष भागीरथ शर्माले बताउनुभयो । महोत्सव भोलिसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah