दमक/झापा दमक २ की जानुका रिजाल यतिखेर आफ्नो जीबन बचाइदिन आग्रह गर्दैछिन् । उनलाइ मलद्वारको क्यान्सर रहेको छ । २४ बर्षिया रिजालको बुबा बित्नु भएको छ । आमा पनि बृद्ध रहेकीछन् । उपचारका लागि झण्डै ५० लाख रुपिया आवश्य पर्छ । त्यो यो परिवारसंग जुटाउने क्षमता छैन ।
भएको सबै धनसम्पती अहिलेसम्म उपचार र जाँचमा सकिएको छ । उनि भन्छिन्, म बाँच्न चाहान्छु, अब मेरो जीबन यहाँहरुको हातमा नै रहेको छ । कृपया सबैले सकेको सहयोग गरिदिनुहोला ।
चिकित्सकहरुले करिब ५० लाख रुपिया लाग्ने बताएको जनाईएको छ । उनका लागि यो एउटा ठूलो चुनौती रहेकोछ । उनले सबैको सहयोगले आफ्नो जीबन बच्छ भन्ने आश गरेकीछन् । उनले भनिन्, म बाँचेर केहि गर्न चाहान्छु, मलाइ बचाउनुहोस ।
उनलाइ सहयोग गर्नका लागि जानुका बचाउ अभियान शुरु भएको छ । लक्ष्मि सुब्बा, घनेन्द्य्र सुब्बा, रोशन बिष्ठ, चन्द्र गजमेर, दिनेश अग्रवाल लगायतको अगुवाइमा बचाउ अभियान शुरु भएको हो ।
बचाउ अभियानले पारिवारिक सल्लाह र सुझावमा राष्ट्रिय बाणिज्य बैकमा खाता समेत खालेको छ । सहयोग गर्न चाहानेले यहाँ सहयोग गर्न सक्नु हुनेछ । खाता नम्बर यस प्रकार रहेको छ 214002561110

जानुका पराजुली बचाउ अभियान ९८५१२१४१४४/९८६१७८९३७७
उनको भनाइ
मेरो नाम जानुका पराजुली हो । म दमक २ मा बस्छु । मेरो बुबा हुनुहुन्न । घरमा बुढी आमा हुनुहुन्छ । एउटा भाइ छ । म घर खर्च टार्न बैदेशिक रोजगारमा गएको थिए । त्यहि पुगेपछि थाहा भयो मलाइ मलद्वार क्यान्सर भएको रहेछ । म अहिले फर्केको छ । भारतको राजिवगान्धि अस्पतालमा उपचार गराइरहेको छ ।
मेरो तत्काल उपचारमा भारतीय रुपिया २५ देखि ३० लाख रुपिया चाहिन्छ । यो नेपालको ५० लाख हो । मैले र मेरो परिवारले अहिलेसम्म १० लाखभन्दा बढि खर्च गरिसकेको छ । अब अवस्था छैन । म बाँच्न चाहान्छु । केहि गर्न चाहान्छु । तपाइको सानो सहयोगले मेरो जीबन बच्छ । मलाइ सहयोग गर्नुहोला । मलाइ बचाउनु होला । मेरो जीबन अब तपाइहरुको हातमा छ ।



