आमाको सपनापनि छोरीलाई पाइलट नै बनाउने थियो। ‘सानो छँदा आमा भन्नुहुन्थ्यो, नानी ठूलो भएपछि पाइलट बन्नुपर्छ है!’ प्रधानले सम्झिन्, ‘आमाको सपनालाई मैलेपनि आफ्नो सपना बनाएँ। कसैले के बन्ने मन छ भनेर सोधे भने पाइलट बन्छु भन्न थालें।’

स्कूल पढ्दा कसैले ‘ठूली भएपछि तिमी के बन्छ्यौ’ भनेर सोध्यो भने ‘म त पाइलट बन्छु’ भन्ने गर्थिन् लुना प्रधान। उनको त्यो सपनालाई साथीभाइँले हाँसोमा उडाउँथे। आफूलाई हाँसोमा उडाउँने तिनै साथीहरु आजकल लुनाको तारिफ गरेर थाक्दैनन्।

साथीहरुले आजकल लुनाको तारिफ गर्नुको एउटै कारण उनले लिएको उद्देश्य पुरा गर्नु हो। सानो छँदा उनले जे उद्देश्य लिएकि थिइन्, त्यही बनिन्। अर्थात् पाइलट। हाल उनी यति एयरलाइन्सको ‘सिनियर पाईलट’ छिन्। ११ वर्ष यता यति एयरलाइन्समा कार्यरत उनको पाइलट बन्ने सानैदेखिको सपना बिसं २०६४ मा पुरा भएको थियो।

३१ बर्षअघि जन्मिएकी उनी सानैदेखि शालिन थिइन्। उनकी आमाको सपनापनि छोरीलाई पाइलट नै बनाउने थियो। ‘सानो छँदा आमा भन्नुहुन्थ्यो, नानी ठूलो भएपछि पाइलट बन्नुपर्छ है!’ प्रधानले सम्झिन्, ‘आमाको सपनालाई मैलेपनि आफ्नो सपना बनाएँ। कसैले के बन्ने मन छ भनेर सोधे भने पाइलट बन्छु भन्न थालें।’

विमान उडानमा क्याप्टेन लुना प्रधान

विमान उडानमा क्याप्टेन लुना प्रधान

पाइलट त बन्ने, तर के गर्नुपर्छ भन्ने लुनालाई थाहा थिएन। २०५९ सालमा एसएलसी दिएपछि होस्टलबाट जब उनी घर फर्किन्, रिजल्ट आउनुअघि उनले विज्ञानमा+२ अध्ययन गर्ने सोच बनाइन्। किनभने, पाइलट कोर्श गर्न विज्ञान विषयमा +२ पढ्नै पर्थ्यो।

इच्छा र चाहना यस्ता औजार हुन्, जसले मान्छेको योजना अनुसारको बाटो बनाइदिन्छन्। लुनाको हकमापनि त्यस्तै भयो। २०६२ मा विज्ञानमा +२ अध्ययन गरेपछि उनी पाइलट तालिम गर्ने ठाउँको खोजी सुरु गरिहालिन्।

उनले कुनै पत्रिकामा पाइलट तालिमका सम्बन्धमा कसैले लेखेको लेख पढिन्। ‘त्यो लेख पढेपछि मेरो मनै फुरुङ्ग भयो’, उनले सम्झिन्, ‘त्यसमा पाइलट सम्बन्धी तालिमका लागि फिलिपिन्स उपयुक्त रहेको बताइएको थियो।’

उनको मन अब फिलिपिन्सतिरै उड्न थाल्यो। ‘म पनि तालिमका लागि फिलिपिन्स जान्छु’ उनले घरमा सुनाइन्। तर लुनाका बुबाले असहमति जनाए। ‘बुबाको सोच छोरी डाक्टर बनोस् भन्ने थियो, तर आमा छोरी पाइलट बनोस् भन्ने चाहनुहुन्थ्यो’ लुनाले भनिन् ‘बुबाको इच्छा विपरित पाइलट कोर्श गर्ने भनेपछि फिलिपिन्स जाने आवश्यक सबै तयारी म आफैले गर्नुपर्‍यो।’

‘छोरी मान्छेलाई देश बाहिर पठाउनु हुन्न, झन् छोरी मान्छे त पाइलट बन्नै हुन्न’ भन्ने सामाजिक मान्यताका कारण त्यो स्थिति सिर्जना भएको बताउँछिन् उनी। भन्छिन्, ‘बुबासँग छोरी मान्छेलाई विदेशमा धेरै पैसा खर्च गरेर पढाउनु हुन्न भनिदिन्थे। कतिले त छोरी विदेश गइभने तिम्रो खोरी नेपाल फर्कँदैन सम्म भनिदिँदा रहेछन्। बुबालाई त्यसैको प्रभाव परेको थियो।’

यति भन्दै गर्दा उनी भावुक भइन्। थपिन्, ‘म आफ्नो अडानमा थिएँ। आफूलाई सही साबित गर्न २०६२ मा फिलिपिन्स पाइलट तालिमका लागि गएँ।’

अक्सर नेपालीहरुको झैं लुनाकोपनि मध्यम वर्गीय परिवार थियो। पाइलट तालिमका लागि आवस्यक पर्ने रकम जुटाउन सहज थिएन। एक वर्षको पाइलट तालिमका लागि २५ लाख रुपियाँ लाग्थ्यो। परिवारले ऋण खोज्नुपर्‍यो। उता तालिममा हुन्थिन्। उनको दिमागमा त्यही ऋण नाचिरहन्थ्यो। त्यसको फाइदा के थियो भने, जसरीपनि सफलतापूर्वक पाइलट तालिम सिध्याउनुपर्छ भनेर उनलाई दृढ बनायो।

त्यसअघि आफ्नो देशको सीमा नाघेर कतै नगएकि लुना पाइलट बन्ने महत्वाकांक्षाका कारण फिलिपिन्स त पुगिन्, तर त्यहाँ पुगेपछि नियास्रो लाग्न थाल्यो। घरको सम्झनाले पनि अत्यायो। त्यसमाथि फिलिपिन्सको गर्मी मौसमको के कुरा गर्नु!

जतिसुकै कठिन भएपनि तालिम सिध्याउनै पर्थ्यो। तालिमको समय सैद्धान्तिक विषय उनलाई कठिन लागेनन्। तर प्रयोगात्मक तालिमको सिलसिलामा साँच्चिकै विमान उडान गर्न भने कम्ति कठिन भएन।

‘तालिमताका सुरुमै इन्सट्रक्टर पाइलटको साथमा डे वन फ्लाइट गर्नु पर्थ्यो, त्यो फ्लाइट सामान्य नै लागेको थियो’ लुनाले भनिन्, ‘तर एक्लैले विमान उडान गर्न चाहिँ निकै कठिन हुँदो रहेछ।’

उनको भनाईमा, एक्लै विमान उडाउँदा तीनवटा बिन्दूमा पुगेर त्रिभुज आकार बनाउनु पर्ने हुन्छ। तर तालिम गरेको विमानस्थलको धावनमार्गबाट अलि कति मात्र अगाडि गयो भने जहाज समुद्रमा पुग्थ्यो। ‘त्यसैले, उडान गर्दा म असिनपसिन भएकी थिएँ’ उनले भनिन्, ‘एक्लैले २ हन्ड्रेड नटिकल माइल उडान गर्नु परेको थियो। त्यो उडान मैले कसरी पुरा गरें हुँला होला भनेर मलाई अहिलेपनि आश्चर्य लाग्छ। त्यो बेलाजत्तिको डर जीवनमा मलाई कहिलेपनि लागेको थिएन।’

पाइलट तालिम सकेपछि उनी २०६३ मा नेपाल फर्किन्। तालिमका लागि जाँदा जागिर पाउन मुस्किल हुन्छ भन्ने चर्चा थियो। ‘बुबा समेत खुसी हुनुहुन्थेन। तर जब पढाई सकेर पाइलटको ट्याग भिरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलिएँ, त्यतिबेला भने आँखामा हर्षका आँसु देखें, आँशु डबडबाउँदै गालाबाट तल ओर्लँदै थिए’ लुनाले थपिन्, ‘यो बुबाले मप्रति गर्नुभएको गर्ब थियो। यो देखेपछि चाहिँ मेरो मन हल्का भयो।’

तालिम गरेपनि एयरलाइन्सहरुमा जागिर पाउन सहज थिएन। बेरोजगारीको समस्या यस्तो तालिम गर्ने अरु कतिले भोगेका थिए। तर उनलाई अरुले जस्तो लामो समय बेरोजगारीको समस्या भोग्नुपरेन। तालिम सकेर फर्केको केही दिनमा नै जागिर पाइन्, यति एयरलाइन्समा। २०६३ मंसीरमा यति एयरलाइन्स ‘ज्वाइन’ गरेकी लुनाले २०६३ को माघमा उडान अनुमति पत्र पाइन् र फागुनदेखि विमान उडान नै थालिन्।

लुनाको पहिलो उडान काठमाडौ–मनाङको थियो। त्यसभन्दा पहिले उनी कहिल्यै मनाङ पुगेकि थिइनन्, मनाङबारे सुनेकीमात्र थिइन्। ‘जब विमान मनाङ भ्यालीबाट विमानस्थलमा अवतरण हुन लाग्यो, मैले देखें, धावनमार्ग निकै छोटो रहेछ’ पहिलो व्यवसायिक अनुभव सुनाउँदै भनिन्, ‘यस्तो देखेपछि मेरो पसिना छुट्यो।’ समथल स्थानमा तालिम गरेकी जोकोहीलाई पहाडी र हिमाली क्षेत्रमा उडान गर्न सुरुमा कठिन हुनु स्वभाविक थियो।

 

आजकल उनलाई जमिन होइन, आकाश नै रमाइलो लाग्छ। हरेक दिन नयाँनयाँ मानिसहरुसँग भेटघाट, नयाँ गन्तव्यको यात्रा आदिले उनलाई गर्दा उनलाई आफ्नो पेशाप्रति गौरव अरु बढेको छ। भन्छिन्, ‘म आफैले उडान गरेर जान नपाएको एउटै मात्र विमानस्थल हो–जोमसोम, अब रहर छ जोमसोम जाने।’

नेपालका अनुभवी पाइलट मध्येमा गनिने लुना व्यवसायी उडानमा जति व्यस्त छिन्, त्यति नै व्यस्त घरायसी काममा पनि हुन्छिन्। ‘मैले खसीको मासु पकाउँदा प्राय सबैले तारिफ गर्छन्’ खुसी हुँदै सुनाइन्, ‘कुकिङ सम्बन्धी ट्रेनिङपनि लिन मन लागेको छ, तर समय नमिलेर लिन पाएकी छैन।’

घरकी एक्ली छोरी लुना फुर्सदको समय घरायसी सामान किन्न रुचाउँछिन्। अबिबाहित उनलाई आफ्नो संसार नै आमा बुबा हो जस्तो लाग्छ। त्यसैले घरायसी सामान किन्न जाँदा बुबाआमाका लागि बिस्कुट ल्याउन कहिल्यै छुटाउन्नन्।

निकै सुन्दरी देखिने लुनालाई झट्ट हेर्दा मोडल हुन् कि भन्ने लाग्छ। उनको सुन्दरताको एउटा कारण हो, प्रत्येक विहान कसरतका लागि जीम जाने गर्छिन्। खानपानमा पनि उत्तिकै सचेत छिन्। सुनाइन्, ‘उडानका लागि जाँदा समेत घरबाटै खाना लिएर जान्छु।’

उमेर ३१ बर्ष पुगिसक्यो उनको। ‘बिबाह गर्ने बेला भएन अब?’ नेपालखबरको प्रश्न थियो। साथीभाई र आफन्तलेपनि उनलाई यही प्रश्न सोध्दा रहेछन्।

लुनाको जवाफ रोचक थियो, ‘चाहेर मात्र नहुने रहेछ। साइत जुरेपछि हुन्छ। त्यो साइत जुरेपछि मेरो बिहेपनि पक्का हुन्छ।’ नेपाल खबर डट कम बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah