अनेक विवादका कारण चर्चाको शिखरमा रहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको अन्ततः शिलान्यास भएको छ ।

प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले शुक्रबार साँझ काठमाडौँको द्वारिकाज होटलमा संयुक्त रूपमा स्वीच थिचेर अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गरेका हुन् । ९ सय मेगावाट क्षमताको यो जलविद्युत आयोजना संखुवासभामा पर्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शिलान्यास कार्यक्रममा संखुवासभाबाट प्रत्यक्ष प्रशारणको व्यबस्था मिलाइएको थियो । भारत सरकारको लगानीमा यो आयोजना बन्न लागेको हो । आयोजनाको निर्माण भारत सरकारको समेत लगानी रहेको सतलज कम्पनीले गर्नेछ ।

तीन दशकदेखि चर्चामा रहे पनि अनेक चलखेलका कारण यो आयोजनाको निर्माण कार्य सुरु हुन सकेको थिएन ।दैनिक नेपाल बाट