काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले भारतीय लोकसभाका सदस्य कीर्ति आजादलाई दुश्मन घोषणा गर्न माग गरेका छन्।

आजादले शुक्रबार भारतीय प्रधानमन्त्रीलाई जनकपुर फिर्ता लिएर मिथिला राज्य गठन गर्न आग्रह गर्दै ट्विट गरेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

'जनकपुरलाई भारतमा मिलाउनु पर्छ भन्ने किर्ति आजाद नामको भारतीय सांसदलाई जनकपुर, २ नं प्रदेश, मधेश र नेपाल देशको दुश्मन घोषणा गरी विरोध गरौं', निधिले ट्विट गरेका छन्, 'त्यो सोच दुवै देशको अखण्डताको लागि खतरा हो। मोदी र ओली दुवै सरकारले तुरन्त आवश्यक कारबाही गरेर सार्वजनिक गरोस्।'