झापा– युवती प्रयोग गरी भारतीयहरुलाई नाटकीय शैलीमा ठग्न खोज्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। केटी मिलाइदिने भन्दै होटलमा बोलाएर भेटघाट गराई ठगी गर्न खोज्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा दुई युवतीहरु समेत छन्। वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जबेगुले अनुसार घटनाका मुख्य योजनाकार भारतीय नागरिक विप्लव चौधरी र भद्रपुरका सुमन गुरुङ छन्।

कारमा नेपाल आएका दुई भारतीयलाई उनीहरुले भद्रपुर– ५ स्थित बसपार्क नजिकै रहेको देउराली होटलमा लगेर राखेका थिए। त्यहाँ पहिले नै दुई युवती पुगेका थिए। भारतीयहरुले युवतीहरुसँग पैसाको डिल गरी शारिरीक सम्बन्ध समेत राखेका थिए।

सम्बन्ध राखेपछि एक युवक आफु सादा पोशाकको प्रहरी भन्दै होटलमा पुगेका थिए। उनीहरुले प्रहरीले छापा हान्न आएको भन्दै भारतीयलाई ब्लाकमेलिङ गरी ५ लाख रुपैयाँ दिए केस मिल्ने भन्दै ब्लाकमेलिङ गरेका थिए।

भारतीयहरुले प्रहरी कार्यालयमा सम्पर्क राखेपछि घटना बाहिर आएको हो। घटना बाहिर आएपछि प्रहरीले दुई भारतीय, दुई युवतीसहित ठगीको प्रयास गर्ने ३ जनालाई पक्राउ गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah