अंग्रेजीमा एउटा भनाइ छ, ‘अर्ली टु बेड, अर्ली टु राइज’ अर्थात् चाँडै सुत्ने , चाँडै उठ्ने । तर हिजोआज व्यस्त जीवनशैली तथा आधुनिक ग्याजेटहरूको प्रयोगका कारण मानिसहरू विहान चाँडै त उठ्छन्, तर राति भने अबेरसम्म बस्ने गर्छन् ।

राति अबेरसम्म बसेकै कारण निद्रा पूरा हुँदैन । निद्रा पूरा नभएमा डिप्रेशन, उच्च रक्तचाप, तौल बढ्ने जस्ता थुप्रै समस्या देखिन्छ । जो व्यक्ति समयमै सुत्छ र समयमै उठ्छ, गलत तरिकाको सुताइकै कारण उनीहरूमा समेत स्वास्थ्य सम्बन्धी जटिल समस्या निम्तँदै गएको विज्ञहरू बताउँछन् ।

विज्ञहरू भन्छन्, ढाड तथा कुम दुख्ने समस्या तथा पेट सम्बन्धी समस्या हुनुमा सुताइले निकै असर पार्दछ । विशेषगरी सुत्ने तरिका नमिल्दा वा सही तरिकाले नसुत्दा यस्ता समस्याहरू बारम्बार उत्पन्न हुने अमेरिका स्थित सेन्ट जोर्ज क्लार्क पेन टि्रटमेन्ट सेन्टरका सिनियर थेरापिस्ट केभिन वेड बताउँछन् ।

भन्छन्, ‘सुत्दा सजिलो तथा आराम महसुस भए पनि त्यही तरिका नै समस्याको मुख्य जड हुनसक्छ ।’ त्यसैले अमेरिकाका चर्चित सिरोप्राक्टर (विना शल्यकि्रया रोगको उपचार गर्ने विज्ञ) हरू समेत दायाँतिर फर्केर सुत्नेहरूलाई बायाँतिर फर्केर सुत्ने सल्लाह दिने गर्दछन् ।

के हुन्छ दाँयातर्फ फर्केर सुत्दा ?

अमेरिकाका स्लिप एक्सपर्ट तथा सिरोप्राक्टर डा.जोन डुयाका अनुसार बायाँतर्फ फर्केर सुत्दा शरीरलाई विभिन्न फाइदा पुग्नुका साथै स्वास्थ्यमा सुधार गर्न सकिन्छ । आखिर, दायाँतर्फ फर्केर सुत्दा के के फाइदा हुन्छ ? चिकित्सकहरू दाहिनेतिर फर्केर नसुत्ने सल्लाह किन दिन्छन् त ?

पाचन सम्बन्धी समस्याका लागि

सामान्यतया हाम्रो पेट तथा ठूलो आन्द्रा -प्यानकि्रयाज) शरीरको दायाँतर्फ हुन्छ । जब हामी, सुत्छौँ, शरीरले पचाउन नसकेको खानेकुरा सानो आन्द्रा, ठूलो आन्द्रा हुँदै मलद्वारसम्म पुग्छ । देबे्रतर्फ फर्केर सुत्दा यो प्रक्रिया प्रभावकारी रूपमा सञ्चालन हुने गर्दछ ।

त्यसैले टन्न खाना खाएपछि चिकित्सकहरू देब्रेतिर फर्केर केही बेर सुत्ने सल्लाह दिने गर्दछन् । उनीहरू भन्ने गर्छन्, बायाँतिर फर्केर सुत्दा खाना त सजिलै पच्छ नै, शरीरको शक्ति समेत बढ्छ ।’

मुटु

शरीरको दायाँ भागमा हुने विभिन्न अंगहरूमध्ये मुटु पनि एक हो । दायाँतर्फ फर्केर सुत्नाले मुटुमा रक्तसञ्चार प्रभावकारी ढङ्गमा हुने गर्छ । त्यसैले चिकित्सकहरू दायाँतर्फ सुतेर मुटुमा रक्तप्रवाह प्रभावकारी ढङ्गले गराउन तथा पूरा शरीरलाई आराम दिन सुझाव दिने गर्दछन् ।

गर्भावस्था

गर्भावस्थामा अधिकांश महिलाहरूलाई ढाडको समस्या हुन्छ । यस्ता समस्याबाट पीडित महिलाहरूलाई चिकित्सक बायाँतर्फ फर्केर सुत्ने सल्लाह दिने गर्दछन् ।

देब्रेतर्फ फर्केर सुत्दा पाठेघर तथा गर्भमा रहेको शिशुमा रक्त प्रवाह प्रभावकारी ढङ्गले हुनुका साथै ढाडमा दवाव कम पर्छ ।

बायाँतर्फ फर्केर सुत्नाले रगतको माध्यमद्वारा गर्भमा रहेको शिशुले आवश्यक पोषणतत्व पाउँछ, जसका कारण शिशु स्वस्थ रहने गर्दछ ।

देब्रेतर्फ फर्केर सुत्दा गर्भवती महिलाहरूले घुँडाको बीचमा तकिया राखेर सुत्न सक्छन् ।

घुर्ने समस्या

धेरै मानिसको रातीमा एउटै समस्या हुन्छ, घुर्ने । घुरेकै कारण उनीहरू बेलाबेलामा अपमानित हुने गर्दछन् । घुर्न रोक्ने सबैभन्दा राम्रो उपाय भनेको बायाँतर्फ फर्केर सुत्ने हो । बायाँतर्फ फर्केर सुत्दा घाँटी तथा जिव्रो न्युट्रल रहन्छ । श्वासप्रश्वास नली सफा भई सास फेर्न सजिलो हुने गर्दछ । जब कि यसको ठीक विपरीत घोप्टो परेर सुतेमा सासले घाँटीको मांसपेशीलाई पछाडि धकेल्छ, जसका कारण घुराइ डरलाग्दो हुने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah