काठमाडौँ । अमेरिकाले प्रदान गर्दै आएको डाइभर्सिटी भिसा (डिभी चिठ्ठा) को नतिजा आज (मंगलबार) सार्वजनिक हुने भएको छ।

अमेरिकाको डिभी कार्यक्रम अन्तर्गत सन् २०१७, अक्टोवर १८ देखि नोभेम्भर २२ सम्म भरेको डिभी लोटरीको रिजल्ट आज सार्वजनिक हुन लागेको अमेरिकी सरकारको आधिकारीक वेवसाइट डिभीलोटरी डट स्टेट डट जिओभीले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अमेरिकी सरकारको आधिकारीक वेवसाइटका अनुसार आज मध्यान्न १२ बजे नतिजा सार्वजनिक हुनेछ। नतिजा हेर्न डिभी चिठ्ठा भर्दा पाएको नम्बर, थर र जन्ममिति उल्लेख गर्नुपर्ने हुन्छ।

दूतावासले डिभी भरेकाहरुलाई आफ्नो रिजल्ट डिभीलोटरी डट स्टेट डट जिओभी (https://www.dvlottery.state.gov) मा हेर्न आग्रह गरेको छ।

डिभीका लागि छनौट भएका व्यक्तिहरूलाई ईमेल वा पत्राचार मार्फत जानकारी नगराइने भन्दै दूताबासले जालसाजीपूर्ण ईमेल र चिट्ठीबारे होशियार रहन अपील गरेको छ।

चिठ्ठा पर्ने आवेदकहरू (“विजेताहरू”) ले डिभी कार्यक्रमका लागि योग्य हुनका निम्ति सरल तर कडा योग्यताका मापदण्डहरू पूरा गर्नुपर्छ । भिसाहरू छ भौगोलिक क्षेत्रमा वितरण गरिन्छ र हरेक क्षेत्रमा कुनै पनि एक देशले कुनै पनि एक वर्षमा उपलब्ध हुने डिभीको सात प्रतिशत सङ्ख्याभन्दा बढी भिसा प्राप्त गर्ने छैन ।

डिभी लोटरी परे नपरेको थाहा पाउनका लागि www.dvlottery.state.gov मा गई “एन्ट्रेन्ट स्टेटस चेक” (Entrant Status Check) मा क्लिक गरी आफ्नो युनिक कन्फर्मेशन नम्बर र व्यक्तिगत जानकारी हाल्नुहोस्। तपाईँंले आफू डिभी–२०१८ का लागि छनोट भए नभएको पत्ता लगाउन र आफ्नो आप्रवासी भिसा अन्तर्वार्ता अपोइन्टमेन्ट मिति चेक गर्नका लागि एन्ट्रेन्ट स्टेटस चेक प्रयोग गर्नु पर्दछ । अमेरिकी सरकारले तपाईँलाई प्रत्यक्ष रूपमा सूचित गर्दैन । एन्ट्रेन्ट स्टेटस चेक आफ्नो आवेदनको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने निर्देशनहरूको एक मात्र स्रोत हो । एन्ट्रेन्ट स्टेटस चेक ई– डिभीको वेबसाइटमा सन् २०१७ मे २ देखि कम्तीमा सन् २०१८ सेप्टेम्बर ३० सम्म उपलब्ध हुनेछ ।

योग्यताका मापदण्ड पुगेका छनोट भएकाहरू तथा उनीहरूका योग्य पारिवारिक सदस्यहरूको आवेदनउपरको सम्पूर्ण कार्यवाही र डिभी भिसा जारी २०१८ सेप्टेम्बर ३० भित्र गरिसक्नुपर्दछ । सो मिति पश्चात्कुनै पनि हालतमा डिभी जारी गर्न मिल्ने छैन न त कुनै पनि परिवारिक सदस्यले सो मिति पश्चात्अमेरिका गइसकेका प्रमुख आवेदकसँग बसोबास गर्न जानका लागि डिभी प्राप्त गर्न सक्नेछ ।