दमक/झापाको दमक नगरपालिकामा रहेको सर्योदय पाठशालाले दमक नगरपालिकालाइ स्पष्टिकरण पठाएको छ । राष्टिंयतामाथि नै आच आउने खालको पाठ्यपुस्तक पढाइरहेको बिषय सार्वजनिक भएपछि दमक नगरपालिकाले सोमबार स्पष्टिकरण मागेको थियो ।

भारतीय पाठयपुस्तक पढाइ भइरहेको र यसमा मातृभूमि भारत, राष्ट्रिय झण्डा भारत, आफ्नो राजधानी दिल्लि, प्रधानमन्त्री नरेन्द्र मोदी जस्ता उल्लेख भएका पुस्तक नेपालमा र नेपाली बिद्यार्थीहरुलाइ पढाइरहेको भन्दै यसको चर्को आलोचना हुदै आएको छ ।
स्पष्टिकरणमा यो बिषय उल्लेख रहेको छैन ।
अत्यन्त सामान्य तरिकाले भूलवश भएको र यो पुस्तक पढाउन शुरु नै नभएको भन्दै ढाँटेर स्पष्टिकरण पठाएको पाईएको छ । यो पुस्तक पढाइ हुन शुरु भइसकेको श्रोतको भनाइ रहेको छ ।
के छ त स्पष्टिकरणपत्रमा ? अब के हुन्छ कार्वाही हेर्नहोस भिडियो
https://www.youtube.com/watch?v=wcAloV73h5U&feature=youtu.be



