काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा अाेलीले अाज मैथली भाषामा स्ट्याटस लेख्दै सरकारको नीति–कार्यक्रम र वजेट मार्फत तराई–मधेसको विकास र समृद्धिका चासोहरू सम्बोधन गर्ने बताएका छन् । स्ट्यटसमा भनिएकाे छ ‘हम विश्वास दिआबैत छी जे आगामी आ.व.के सरकारक नीति/कार्यक्रम आ बजेटमार्फत तराइ-मधेशक विकास आ समृद्धिक चाहनाकेँ सम्बोधन कएल जाएत।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सामान्यतय नेपाली वा अंग्रेजी भाषामा ट्वीट र स्ट्याटस लेख्ने प्रधानमन्त्रीले प्रदेश २ का सांसदहरूसंग सामुहिक भेट पछि यस्ताे स्ट्याटस लेखेका हुन् ।

प्रधानमन्त्रीले लेखेका छन् ‘ प्रदेश २के मा. सदस्यसभक सर्वदलीय प्रतिनिधिमण्डलसँ भेटिक प्रसन्नता भेल। शिक्षा, स्वास्थ्य, कृषि, सड़कसन विषय आ सिंचाइ तथा डुबान समस्याके समाधानक दिशामे हुनकासभद्वारा देखाओल गेल अग्रसरताक लेल धन्यवाद।’

यस अघि १२ मेमा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी भारत फर्कीए लगत्तै प्रधानमन्त्री अाेलीले गुजराती भाषामा ट्वीट गर्दै माेदीकाे नेपाल भ्रमण सफल र भव्य भएकाे बताएका थिए ।

-नेपाल जर्नल बाट साभार गरिएको