विष्णुप्रसाद पोखरेल
दमक/झापाको सूर्योदय पाठशालाले राष्ट्रिय स्वभिमानमा आँच पुर्याउने काम गरेको बताउदै युवा संघ झापाले यसमा आफूहरुको गम्भिर ध्यानकर्षण भएको बताएको छ । उक्त पाठशालामा पुगेर प्रीन्सिपललाइ राष्ट्रिय झण्डा दिदै नेपालको स्वभिमानमा आक्रमण नगर्न चेतावनी दिएको छ ।
युवा सघ झापाका अध्यक्ष शम्भु भण्डारीको नेतृत्वमा गएको टोलीले बिदेशी शिक्षकहरु निकाल्नु पर्ने र राष्ट्रिय स्वभिमानप्रति पुर्याएको आघातप्रति नेपाली जनतासंग माफी माग्नु पर्ने माग सारेके छ ।
https://youtu.be/mbhPzl15s4k
भण्डारीको टोलीले प्रीन्सिपल र प्रशासन कक्षमा समेत तालाबन्दि गरिदिएको छ । आक्रोशित रहेका युवा संघका कार्यकर्ताहरुले आफूहरुको सहमति बेगर र समस्याको निकास ननिस्केसम्म ताला नखोल्न पनि बिद्यालय प्रशासनलाइ ध्यानकर्षण गराएको थियो ।
भारतीय प्रकाशनका पाठयपुस्तक पढाइ भएको र यसमा राष्ट्रिय स्वभिमानमा आँच आएको बताईएको छ । यस पुस्तकमा जन्मभूमि भारत, हाम्रो राष्ट्रिय झण्डा भन्दै भारतको उल्लेख भएको र भारतमा पढाइ भएजसरी नै यहाँ पुस्तक पढाईएको पाईएपछि दमक नगरपालिकाले पनि स्पष्टिकरण लिएको थियो ।
https://youtu.be/mbhPzl15s4k



