दमक/झापाको दमक १ संगम चोक नजिकै सुकुम्बासी टोलमा रहेका घरहरुमा अज्ञात समुहले टिनको छानोमा ढुंगा हानेपछि स्थानीयहरुमा त्रास पैदा भएको छ । मंगलवार साँझदेखि टिनमा ढुंगा बर्सन थालेपछि स्थानीयहरु आतंकीत भएकाहुन् ।

इलाका प्रहरी कार्यालय दमकको टोलीको सामुन्ने नै टिनमा ढुंगा हानिएपछि प्रहरीले आसपासको क्षेत्रमा सर्च समेत गरेको थियो । केहि पनि नभेटिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक मिलन बस्नेतले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
https://youtu.be/GxS-sovpx9Y

स्थानीयहरुले भूतप्रेत भएको हुनसक्ने भन्दै धामिझाक्रीमा समेत गएको बताएकाछन् । उनिहरुले जसले गरेको भएपनि यो कार्य तत्काल रोकिनु पर्ने भन्दै रातभर सुत्न नपाएको गुनासो गरे । स्थानीय ५ घरमा पालैपालो टिनमा ढुंगा हान्ने गरेको पाईएको छ ।

https://youtu.be/GxS-sovpx9Y