विष्णुप्रसाद पोखरेल
दमक/झापाको दमकमा रहेको सूर्योदय पाठशालाले भारतीय प्रकाशनको पुस्तक नियतबश नभइ अन्जानवश पाठ्यक्रममा परेको भन्दै यसबाट पर्न गएको असरप्रति माफी मागेको छ ।

दमक नगर शिक्षा समितिले २४ घण्टाभित्र स्पष्टिकरण दिन आदेश दिएपछि सूर्योदय पाठशालाले यस्तो माफी मागेको हो । समयसिमा भित्र नै स्पष्टिकरण दिदै उक्त पुस्तक हटाईएको जानकारी दिएको नगर शिक्षा अधिकृत शालिकराम काफ्लेले जानकारी दिएकाछन् ।

भारतीय पुस्तकमा उल्लेख भएका बिषयबस्तुहरु राष्ट्रियतामाथि गम्भिर रुपमा आक्रमण भएको भन्दै चौतर्फी बिरोध भएपछि यसले दमकमा उग्र रुप लिदै गएको छ ।

बुधबार युवा संघ झापाले बिद्यालयको प्रशासनमा ताला लगाइदिएपछि दमक नगरपालिकामा भएको सर्वपक्षिय छलफलमा समेत बिद्यालयकी प्रीन्सिपल म्याकडिलिङ सिंहले माफी मागेकीछन् ।

राष्ट्रिय स्वभिमानमा आँच पुर्याउने नियत नभएको भन्दै उनले माफी माग्दै नेपाल सरकारको नीति नियम अन्र्तगत नै चल्ने बताएकीछिन् । सर्वदलीय छलफलमा समस्स्याको सामधान बिद्यालय बन्द गरेर नभइ कानूनी रुपमा खोज्ने सहमति भएको बताइन्छ ।

https://www.youtube.com/watch?v=wcAloV73h5U

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah