दमक/झापामा पूर्व पश्चिम राजमार्गमा मर्मत गर्ने क्रममा गिटी हालेर त्यसलाइ राम्रोसंज नपेल्दा दूर्घटनाको उच्च जोखिम भएको छ । अलकत्रले नसमाएको गिटी त्यसै छाडिदिदा त्यसमा गाडि चिप्लने गरेको र मोटरसाइकल तथा अन्य साना सवारी साधन चलाउनेहरु उच्च जोखिममा रहेको पाइएको हो ।
बस तथा ठूला सवारी साधन कुद्दा गिटी उछिट्टीएर लागेर धेरै रुदै गरेको अवस्थामा भेटेको जीबन चक्र समाज नेपालका अध्यक्ष गणेश गौतमले बताए । उनले यहि कारण दूर्घटना समेत भइरहेको बताएकाछन् ।
दूइदिन अघि कमल गाँउपालिकाको केर्खा बजारमा एउटा गाडि पनि पल्टिएको थियो । यहि कारणले गाडि पल्टिएको र भाग्यवश दूर्घनाबाट चालक बचेको जनाईएको छ ।
अहिले पाडाजुंगी देखि दमकको सडकको अवस्था अत्यन्त भयाभह अवस्थामा छ । गिटी छरेपछि त्यहाँमाथि सवारी साधन कुदिरहेकाछन् । धुलो र गिटीले दूर्घटनाको उच्च जोखिम छ ।



