झापा । झापाबाट काठमाडौंका लागि उडान भरेको सौर्य एयरलाइन्स जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ। झापाको भद्रपुर विमानस्थलबाट दिउँसो १.५० मा काठमाडौंका लागि उडान भरेको सौर्य एयरलाइन्सको जहाज रनवेमा चरासँग ठोकिएको थियो। चरासँग ठोकिएपछि जहाजले तत्काल उडान रद्द गरेको चन्द्रगढी नागरिक उड्डयन कार्यालय भद्रपुर स्रोतले जनाएको छ।

कार्यालय प्रमुख पूर्णप्रसाद चुँडालसँग पटक-पटक सम्पर्क गर्न खोज्दा उनको नम्बरमा सम्पर्क हुन सकेन। यता, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णुकुमार केसीका अनुसार सौर्य एयरलाइन्सले विमानस्थलको पूर्व भागमा करिब २० वटा चरा मारेको जनाइएको छ।

९ एनएलई कल साइनको जहाज उडेको १० मिनेटमै फर्किएकाले दुर्घटना हुनबाट जोगिएको कार्यालयले जनाएको छ। चरासँग ठोकिएपछि २ बजेदेखि विमानस्थलमै जहाज रोकिएको थियो। घटनापछि बुद्ध एयरलाइन्सबाट चार जना इन्जिनियरसहितको टोली दुई घण्टापछि आएपछि जहाजको मर्मतसम्भार गरिरहेको प्रहरी उपरीक्षक केसीले बताए।

जहाजको दायाँ इन्जिनमा सामान्य खराबी हुन सक्ने भएकाले भोलि ९शुक्रबार० उडान भर्ने उनले बताए। उक्त जहाजमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारीलगायत ४५ जना सवार रहेको जनाइएको छ। सौर्य एयरलाइन्स जहाजका कारण दुई घण्टासम्म हवाई सेवा अवरुद्ध भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah