दमक/आज झापामा एउटा ठूलो दूर्घटनाको जोखिम टरेको छ । झापाबाट काठमाडौंका लागि उडान भरेको सौर्य एयरलाइन्स जहाज ठूलो दुर्घटनाबाट बचेको छ।

झापाको भद्रपुर विमानस्थलबाट दिउँसो १बजेर ५० मिनेटमा काठमाडौंका लागि उडान भरेको सौर्य एयरलाइन्सको जहाज रनवेमा चरासँग ठोकिएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उक्त जहाजमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारीलगायत ४५ जना सवार रहेक थिए। बिमान चरामा ठोकिएपछि उडान रद्ध हुनका साथै केहि समय बिमानस्थल समेत बन्द भएको बताइन्छ ।