दमक/मोरग उर्लाबारीका सनम शाक्य सहित अन्य दूइजनालाइ जंगलमा लगेर यातना दिएको भिडियो सार्वजनिक भएको छ । अदालतमा पेस हुन नपाएको भिडियो बाहिर सार्वजनिक भएको हो ।

यसमा जंगलको बीचमा लगेर करेन्ट लगाएर यातना दिइरहेको देख्न सकिन्छ । केहि घण्टा अगाडि बाहिरिएको यो भिडियो क्लिप्सले अहिले सनसनि मच्चिन थालेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
भिडियोमा गोरेले सनम शाक्य लगायतलाई करेन्ट लगाएको यातना दिएको देखिन्छ । तीन जनालाई हातखुट्टा बाँधेर भुइँमा लडाएपछि ब्याट्री र तार प्रयोग गरेर करेन्ट लगाइएको देखिन्छ ।

यो भिडियो पत्रकार विवेक गौतमको फेसबुकबाट लिइएको हो ।