दमक | राष्ट्रिय टोपी दिवसको अबसर पारेर झापाको दमकमा टोपी दिवसको दिन र्याली निकालीने भएको छ । यहि जनवरी १ तारीक अर्थात पाैष १७ गते अाइतबारका दिन राष्ट्रिय टोपी दिवसको अभियान अनतर्गत र्याली तथा शुभकामना आदनप्रदान कार्याक्रमको आयोजना गर्न लागिएको हो ।
जिवन चत्र समाज नेपालको आयोजनामा हुन लागेको सो र्यालीमा टोपी सहित सहभागिहुन आयोजकले सबैलाई आग्रह गरेको छ । विहान ७;३० बजे दमकको गणतन्त्र चौकमा पुर्व ट्याक्सी स्टेन्ड उत्तर कार्यक्रमको अयोजना गरिएको समाजका अध्यक्ष गणेश गौतमले जानकारी दिएका छन् ।
युवा पुस्ताहरुमा टोपीको महत्व घटदै जाँदा राष्ट्रिय पहिचान माथिनै संकट उत्पन्न भएको भन्दै सो दिन मुलुकका बिभिन्न स्थानमा कार्यक्रमको अयोजना गर्ने भएका छ्न |










