काठमाडौं- आगामी साउनदेखि सम्पूर्ण श्रमिकहरुको तलब बढाउनुका साथै बैंक खाता मार्फत् दिइनुपर्ने बाध्यकारी नियम ल्याउन सरकार लागिपरेको छ । बुधबार साँझ राजधानीमा आयोजित एक कार्यक्रममा श्रम मन्त्री गोकर्ण विष्टले उक्त नियम लागू गर्न गृहकार्य भइरहेको बताएका छन्।
उनले लाखौं तिरेर नर्सिङ पढेकाहरुले समेत मानवोचित जीवन बाँच्न पाउने पारिश्रमिक नपाएको भन्दै न्युनतम पारिश्रमिक तोक्ने तयारी गरेको बताएका छन् । उनले भने, ‘लाखौं तिरेर नर्सिङ पढेकाहरुले पनि निकै कम पारिश्रमिक पाउने र सित्तैमा समेत काम गर्नुपर्ने अवस्था रहेछ । सम्भवतः साउनपछि त्यस्तो हुँदैन।’

पारिश्रमिक अनिवार्य रुपमा बैंक खाता मार्फत् भुक्तानी गर्ने व्यवस्था समेत गर्न लागिएको उनी बताउँछन् ।

रोजगारीमा रहेको परनिर्भरता घटाउनका लागि नेपालमै श्रम गर्नेहरुलाई बाँच्ने ज्याला जरुरी रहेको भन्दै पारिश्रमिक बढाउने तयारी गरिएको उनले बताए । उनले भने, ‘नेपालमै श्रम गर्न चाहनेहरुका लागि उचित पारिश्रमिक छैन । साउन १ गतेदेखि मानवोचित जीवन बाँच्न सक्ने गरी पारिश्रमिक बढाइन्छ।’

हरक श्रमिकले बैंकखाता मार्फत् तलब भुक्तानी पाउने र सञ्चय कोषको व्यवस्थगा हुनुपर्ने कानून ल्याउन लागिएको खुलासा पनि उनले गरे । ‘घरमा भाँडा माझ्ने श्रमिकको पनि तलब बैंक खातामा जाने र सञ्चय कोष काटिने व्यवस्था गरिँदैछ,’ उनले भने । यो कार्यले श्रमप्रतिको सम्मान बढाउने उनको अपेक्षा छ।

विदेशमा त्यही काम गर्वसाथ गर्ने तर नेपालमा गर्न नमान्नुको कारण श्रमको उचित मूल्यांकन नहुनु रहेको बताउँदै त्यसको अन्त्य गर्न आफू लागिपरेको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah