दमक÷झापाको दमक नगरपालिकाले वडा नं. ७ मा रहेको करोडौ मूल्य बराबरको ११ कठ्ठा ५ धुर जग्गामा बनेको घर टहरा डोजर लगाएर भत्काउन थालिएको छ । आज विहानैदेखि प्रहरीले घेरा हालेर २ वटा डोजर लगाएर भत्काउन शुरु गरिएको पाईएको हो ।

करिब ५ दशक अघिदेखि बिबादित रहेको मुख्य बजार पूर्व सूनचाँदी लाइनको जग्गा खालि गराउनका लागि नगरपालिकाले बारम्बार प्रयास गर्दै आएको थियो । स्थानीयको बिरोधले गर्दा सफल हुन सकेको थिएन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

https://youtu.be/T_T68mUf1Wg

शनिबार बिहानैदेखि प्रहरीले बल प्रयोग गर्दै घरटहराहरु भत्काइरहेको छ । उक्त स्थलमा अधिकाँश जनप्रतिनिधिहरु समेत उपस्थित रहेकाछन् । डोजर ल्याएर टहराहरु भत्काउन थालेपछि स्थानीयहरुले जनप्रतिनिधिहरुप्रति आक्रोश पनि पोखेकाछन् ।

कतिपय स्थानीयहरुले आफूहरुको मागलाइ बेवास्था गरेको र बल प्रयोग गरेर आफूहरुलाइ हटाइएको जनाए । उनिहरुले आफूहरुलाइ नागरिकको ब्यवहार गरिनु पर्ने माग राखे ।

२०७१ साल माघ २१ गते नै त्यहाँ ब्यापार ब्यवसाय गर्दै आएका ३४ जना ब्यापारीहरुले आफूहरु नगरपालिकाको जग्गा खालि गराउन सहमत रहेको नगरपालिका समक्ष हस्ताक्षर गरेर कुबुलियत गरिसकेको दमक नगर प्रमुख रोमनाथ ओलीले बताए ।

बीच बजारमा रहेको करोडौको जग्गामा सुविधा सम्पन्न ब्यापारीक महल बनाउनका लागि पुराना घर टहरा भत्काउन आग्रह गर्दा अटेर गरेपछि प्रशासनको सहयोगमा त्यस्ता घर टहरा भत्काउने अवस्था आएको ओलीको भनाइ रहेको छ

https://youtu.be/T_T68mUf1Wg