मेष राशिः
मेष राशि हुनेहरुको लागि भोलिको दिन बोली व्यवहारमा सावधानी अप्नाउनु पर्ने देखिएको छ । वादविवाद तथा मनमुटाव जन्य अवस्थाको सामना गर्न पर्ने सम्भावना देखिएकोले होसियारी रहनुजरुरी हुनेछ । मानसिक संकिर्णता बढ्नसक्ने र स्वास्थ्यमा पनि केही ह्रास आउनसक्ने छ । थप पारिवारिक समस्यासँग मुकाविला गर्नपर्ने र आँटेताकेको काममा विलम्ब हुने तथा अल्लि बढी प्रयन्त गर्नपर्ने ग्रहगोचरले संकेत गरेको छ । भोलि यहाँको लागि चार अंक, सेतो रङ्गको उपयोग शुभ हुनेछ भने गुरु गणपतिको आराधना गर्नु हितप्रद हुनेछ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि भोलि उद्यमकार्य सम्पादन गर्ने दिन छ । पुरुषार्थ बढ्ने र कामकार्यमा निकै मनलाग्ने छ भने विशेष कार्यकोयोजना पनि बन्नसक्ने छ । अभिष्ट सिद्धि तथा स्फुर्तिकर ग्रहयोग परेको देखिन्छ, समयको सदुपयोग गरेर अर्थात उन्मादि फुर्तिलाई संयम गरेर अगाडि बढेमा बाँकी रहेको कार्य पूर्ण गर्नसकिने छ भने महत्त्वपूर्ण कार्ययोजना तथा विचारविमर्श हुने र व्यवसायिक लाभ प्राप्त गर्नसकिने छ । भोलि तपाईँले भैरवदेवको सेवा आराधना गर्नु थप सफलता कारक हुनेछ भने हरियो रंग र तेस्रो क्रमसँख्यालाई ग्रहण गर्नु उपयुक्त हुनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि भोलि सामान्य अनुकूल देखिएको छ । केही दोषको बाबजुत वाणीमा ओजस्वीता बढ्न सक्छ, बोलीवचनले मान्छेहरुलाई प्रभावित गर्नसकिने छ । व्यवसायिक कार्यमा पनि थोरधेर प्रगति नै हुने देखिएको छ तथापि सन्चित धनको अपव्ययलाई भने नकार्न सकिन्न । समाजिक कार्यमा संलग्न हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्धमा पनि केही सजग हुन जरुरी छ । परोपकार तथा कसैको काममा जुट्न पर्ने र आफ्नो कार्य थाति रहनसक्ने कुरालाई पनि नकार्न सकिन्न । अपेक्षित र बढी चाहना गरिएको उपलब्धि हुनभने केही कठिनाइ हुनेछ । भोलि यहाँको लागि दुई अंक, सेतो रंगको प्रयोग शुभ रहने छ भने दोष तथा कार्यकठिनाइलाई कम गर्न भगवान हनुमानदेव एवं गुरु गणपतिको सेवाआराधना गर्नुले अनिष्टदोषलाई हटाउन मद्दत हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि भोलिको दिन गोचर ग्रहमा केही अबरोध देखिएको छ, त्यसको बाबजुतपनि शारीरिक आकर्षण एवम् मानप्रतिष्ठा बढ्नेछ । व्यवसायबाट आंशिक धनलाभ हुने एवं भौतिक सुख र आफन्तजनबाट प्रशंसा पनि प्राप्ति हुनसक्ने छ । ईच्छित विशेष कार्य पूर्ण होस भन्ने कामना गरी ग्रह अबरोध निवृतिको लागि गुरुजनको आर्शिवाद लिनु तथा आज्ञा पालना गर्नु उपयुक्त हुनेछ । सामाजिक सेवा सहयोग गर्नु पर्ने तथा जिम्मेवारी थपिनसक्ने छ । मनोरञ्जनात्मक कार्यक्रम आदिमा पनि सरिक हुन पाइनसक्ने छ । नयाँ लगानीको प्रस्ताव आउनसक्ने सम्भावना पनि देखिन्छ । भोलि यहाँले पितृको नाममा गरीब दीनदुःखीहरुलाई भोजन खुवाउनु वा दान दिनु विशेष शुभकर हुनेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि भोलिको दिन संघर्षकर प्रतित हुनेछ । हतारिदा अपव्यय–नोक्सानी नै बढ्ने भएकाले व्यवहारिक कामकार्यमा धैर्यधारण र संयम एवं साबधानी अप्नाउनु बुद्धिमानी हुनेछ । आकस्मिकरुपमा खर्च बढ्ने, काममा दिग्दारी हुनसक्ने, शत्रुहरुले कमजोरी खोज्ने, हतार गर्दा झन खति बढ्नसक्ने छ, संयमित रहनाले र आफ्नो कार्यक्षेत्रमा रत् रहनाले आकस्मिक लाभ हुनसक्ने छ । चुनौति बढ्नसक्ने सम्भावना रहेपनि आत्मबल नगिराई दृढ रहनाले खासै नसोँचिएको काम बनेर उपलब्धि एवं सफलता मिल्नेछ । भोलि तीन अङ्क, पहेंलो रङ्गको प्रयोग र भगवान श्री गणेशको श्रद्धाभक्ति एवं पितृको नाममा दानदातव्य गर्नु तपाईँको लागि शुभप्रद हुनेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि भोलिको दिन पेशा तथा व्यवसायको प्रचारप्रसार र प्रख्याति एवं प्रताप बढाउने गोचर योग छ । भूमिका अनुसार आर्थिक सङ्कलन हुनाले मानसिक क्षमता तथा आत्मबल बढ्नेछ । आफन्तहरुसँग भेटघाट हुने र आतिथिहरुको सेवागर्न पाइने छ । दिन सुख एवं आमोदप्रद रहनेछ । सहयोग प्राप्त हुने र शारीरिक उमङ्ग तथा मानसिक उत्साहमा बृद्धि हुनेछ । नयाँ स्थानको यात्रा योजना बन्ने गोचरको संकेत रहेको छ । व्यापारीहरुको लागि बढी उपलब्धिमूलन दिन रहने छ । भोलि तपाईले गुरु गणपति र हनुमानदेवको स्तुति आराधना तथा उपाशना गर्नु हितकर हुनेछ ।

तुला राशिः
तुला राशिहुनेहरुको लागि भोलिको दिन पूर्ण सफलता मिल्न अल्लि कठिन पर्ने भएपनि बाहिरी तथा देखावटी रुपमा मानसान बढ्ने र केही लाभ एवम् सफलता पनि मिल्ने छ । जनसंपर्क बढ्ने र तुलनात्मक रुपमा केही सहज वातावरण सृजना हुनेछ । केही महत्त्वाकांक्षी योजनाको बारेमा मानसिक चिन्तन तथा सरसल्लाह एवम् विचारविमर्श हुनसक्नेछ भने भविष्यको लागि आश्वासन पनि मिल्नसक्ने छ । आशा गरेकै जति नभएपनि औकात अनुसारको पदप्रतिष्ठा र जिम्मेवारी मिल्नसक्ने छ । सफलताको भित्री अबरोध हटाउन भोलि यहाँले भैरवदेवको सेवा आराधना गर्ने गर्नु उपयुक्त हुनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि भोलिको दिन समयले मोडलिएको छ । उन्नति प्रगति हुनेछ । सहयोगीहरू थपिने छन् । ठूलाबडासँगको भेटघाटले हौंसला बढ्ने तथा महत्त्वकांक्षी भइनेछ । पेशा तथा व्यवसायको विकास हुनगई लाभांश हात पर्नेछ । धर्म–अध्यात्म विषयमा आइरहेको द्वन्दबाट पारपाउन सकिने छ, सत्सङ्गको मनस्थिति बन्नेछ । दाम्पत्यजीवन तथा प्रेमप्रसङ्गमा मधुरता आउनेछ । स्वजनहरुसँग भेटघाट हुनसक्ने छ । जनव्यवहारमा उदारता तथा सहानुभूतिजन्य विचार बढ्ने । भोलि तपाईलाई नौं अङ्क, पहेंलो रङ्गको प्रयोग र भगवान सिद्धिविनायकको स्तुति आराधना विशेष शुभकारक हुनेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि भोलिको दिन त्यति अनुकूल मान्न नसकिने देखिएको छ । ग्रहको प्रतिकूल अवस्थाले यहाँको स्वास्थ्यमा प्रभाव गर्नसक्ने छ । कार्यक्षेत्रमा पनि संघर्ष बढ्ने तथा अबरोध सृजना हुनसक्ने सम्भावना रहेकोले होसियारी अप्नाउन जरुरी देखिन्छ । संयम नगुमाई धैर्य गर्नाले सम्भावित खतरा टार्नसकिने छ । आहारविहारमा सजगता अप्नाउनु होला । आठ अंक, रातो रङ्गको प्रयोग भोलि यहाँको लागि उपयुक्त रहनेछ भने आफ्नो इष्टदेवको श्रद्धाभक्तिलाई बढाउनु विशेष हितकर हुनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि भोलिको दिन दिनभरी विभिन्न सांसारिक एवं रोमान्सको वातावरण आदिले एकखालको रजगुणको दिनचर्या व्यतित हुनेछ । जीवनसाथी वा प्रेमीको सहयोग मिल्ने र व्यवसायिक तथा पेशागत कार्यको उन्नति हुनेछ । पारिवारिक सामाञ्जस्यता बढ्ने र आमोद–प्रमोदपूर्ण दिन चर्या व्यतित हुने देखिन्छ । ससुराली आदिबाट मानसम्मान मिल्ने तथा लौकिक उन्नति गर्नसकिने छ । विशेष स्थानको यात्रा हुनसक्ने पनि गोचरयोगले लक्षित गरिरहेको छ । सात अंक, सेतो रंगको उपयोग र कुमारीदेवीको दर्शनभक्ति गर्नाले थप हितप्रद हुनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि भोलिको दिन गोचर आशा देखाउने पूर्ण उपलब्धि दिन अड्कल्ने खालको छ । यद्यपि महत्त्वपूर्ण गन्तव्यचुम्न संघर्ष देखिएको छ, तथापि पराक्रम बढ्ने दिन रहेको छ । बाँकी गोचर स्थिति अनुकूल छ । शारीरिक बल बढ्ने, शत्रु मुकाविलामा वियजी भइने, आँटेताकेको काम अगाडि बढ्ने देखिन्छ । व्यापार व्यवसाय तथा पेशाकर्ममा सफलता र लाभ मिल्ने छ । समर्थक बढ्नेछन् । यात्रा योजनाको पनि सम्भावना देखिएको छ । भोलि यहाँलाई छ अंक, हरियो रङ्गको उपयोग र महत्त्वपूर्ण आउने अड्चनको निवारणको लागि भैरवदेवलाई खुशि बनाउनु बुद्धिमानी हुनेछ ।

मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि भोलिको दिन ज्ञानविवेकको सदुपयोग गर्नसकिने र प्रशंसा मिल्ने रहेको छ । विद्यार्थीको लागि बढी उपयोगी दिन रहनसक्ने छ । प्रतिष्ठा र छविको बचस्व स्थापित गर्नसकिने छ । ज्ञानोदयको ग्रहप्रभावले कलाकौशलता बढाउने र दार्शनिक तथा सैद्धान्तिक पक्षमा खरो उत्रनसकिने छ । कर्मक्षेत्र तथा व्यवसायमा प्रगति हुनाले आर्थिक सङ्कलन गर्न पनि सकिने छ । सन्ततीको तर्फबाट सुख एवम् सन्तोष पाइनेछ । बुद्धिको चलख्याईले प्रमि तथा प्रेमिकालाई आकर्षण गर्न सकिनेछ । भोलि यहाँलाई पाँच अंक, रातो रङ्ग फापकर हुनेछ भने शिक्षाक्षेत्रलाई सहयोग गर्नु पूण्यकर हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah