काठमाडौं । जनकपुरमा कक्षा ९ मा अध्ययनरत एक किशोरले आत्महत्या गरेका छन् ।

जिल्लाको भानुचौकस्थित मिथिला मन्टेश्वरी आवासीय विद्यालयमा कक्षा ९ मा अध्ययनरत एक किशोरले आत्महत्या गरेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जनकपुर उपमहानगरपालिका–१५ का रूपनारायण साहका १५ वर्षीय छोरा धिरेन्द्र साहले आइतबार बिहान आत्महत्या गरेका हुन्।

होस्टलमै बस्दै आएका धीरेन्द्र कोठामै झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उनले आत्माहत्या गर्नुअघि सुसाइड नोट लेखेको फेला परेको छ । जनता समाचार बाट साभार