काठमाडौं । छोटो कपडा लगायका कारणले गसिपको पात्र बनेकी अभिनेत्री करिश्मा मानन्धरले मिडियाविरुद्ध अर्को पोसाक लगाउँदै क्याप्सन बनाउन चुनौति दिएकी छन् ।

सुँगा रङको वान पिसमा छोरी कविताको फिल्मबारेको कार्यक्रममा जाँदा उनीबारे ‘उमेर ५५ पहिरन बचपन’ भनेर गसिप आएको थियो । त्यसविरुद्ध करिश्माले कालो पहिरन लगाउँदै फेसबुकमार्फत प्रस्टीकरण पनि दिएकी छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘म एउटा कलाकार हुँ, मेरो हरेक क्रियाकलाप ग्ल्यामरसँग जोडिएर हेरिन्छ । एउटा सार्वजनिक व्यक्तित्व भएका नतालो समाजमा पर्ने असरको बारेमा ध्यान पुराउँदै काम गर्नुपर्छ ।’, उनले लेखेकी छन्,‘आफुले चाहेको खान, लाउन नपाइने हो यो एक्काइसौं शताव्दिमा ?’

उनले मिडियालाई सोधेकी छन् स्कर्ट र कोट घर बस्दा लाउने ? अब यो अर्को पहिरन लगाएँ लु क्याप्सन बनाउनुस् ?– उनको चुनौति छ ।

दैनिक नेपाल बाट साभार