दमक÷नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा प्रकाशप्रसाद अधिकारीलाई जिताउन सफल दमक जेसिजको पनि नयाँ नेतृत्वका लागि रस्साकसी शुरु भएको छ । अध्यक्ष सहितका पदहरुमा उम्मेदवारहरुले आफ्नो पक्षमा लबिङ गर्न थालेकाछन् । अध्यक्षमा दाबेदारी धेरैको भएकाले सर्वसम्मत नेतृत्वको सम्भावाना टर्दै गएको बताइन्छ ।
अध्यक्षमा गोबिन्दराज कट्टेल, चन्द्र खत्री, बद्रि बराल र भीमराज केसी तयारीमा जुटेकाछन् । कट्टेलले यसभन्दा अघि तीन पटक अध्यक्षको उम्मेदवारी दिएर पनि सर्वसम्मतको वातवरण बनाउन भन्दै उम्मेदवारी फिर्ता लिएका थिए । अर्का उम्मेदवार खत्री पनि यसपटक प्रमुख दाबेदारको रुपमा देखिएकाछन् । उनलाइ अघिल्लो पटक नै महासचिबको रुपमा हेरिएको थियो । तर अहिले अध्यक्षका दाबेदार बराल महासचिब भएका थिए । केसी पनि अध्यक्षका अर्का दाबेदार हुन् । उनी पनि जेसिस अभियानमा सक्रिय रहदै आएकाछन् ।
एकातिर कट्टेल र बरालबीच आपसि समझदारी भएर एक अध्यक्ष बन्न सक्ने र अर्कातिर खत्री र केसीबीच समझदारी बनेर अर्को समिकरण बन्न सक्ने पनि जेसिज सदस्यबृतमा चर्चामा छ । सर्वसम्मतको अवस्था आएमा गोबिन्दराज कट्टेल नै अध्यक्ष बन्न सक्ने चर्चा रहेको छ । जेसिस अभियान र कार्यक्रममा सक्रियतालाई नेतृत्वको मापदण्ड बनाइने भएकाले त्यसको आधारमा नै अध्यक्ष चयन हुने दमक जेसिसका एकजना पूर्व अध्यक्षले बताए ।
यसैगरि बरिष्ठ उपाध्यक्षमा पनि ठूलै रस्साकस्सि हुने देखिएको छ । सुयोग खरेल, शशिराज बिष्ठ, सीता कार्की, बिष्णुप्रसाद पोखरेल, दिनेश अग्रवाल लगायतको नाम चर्चामा रहेको छ । उनिहरुमध्येबाट नै २ जना कार्यकारिणी उपाध्यक्ष बन्नेछन् । उपाध्यक्षमा पनि आधादर्जनको नाम चर्चामा रहेको छ । दमकका युवा ब्यवसायि नबिनकुमार अग्रवाल, संन्दिप न्यौपाने, भलराज गौतम(राजु), सन्दिप चापागाइ लगायतको नाम चर्चामा रहेको छ । जनसम्पर्क अधिकारी, तालिम निर्देशक लगायतको पदमा भने खासै दाबी अहिलेसम्म देखिएको छैन । यहि पुष २१,२२ र २३ गते साधरणसभा तोकिएको छ । यहि साधरणसभाले नेतृत्व चयन गर्नेछ ।



