दमक/साढे ३३ किलो सुन प्रकरणमा अर्को नयाँ बिषय सार्वजनिक भएको छ । प्रमुख अभियुक्त मानिएका चुणामणि उप्रेती गोरेले उर्लाबारीका सनम शाक्य सहितका अन्य साथीहरुलाइ दिएको यातनाको भिडियो सार्वजनिक भएपछि नयषँ बिषय सार्वजनिक भएको हो ।
भिडियोमा सनमलाइ फकाउने तथा गाली गर्ने भासा प्रयोग गर्दै गोरेले झापाको दमकमा पनि नयाँ कार्यालय र एकाउन्टेन राखेको बताएकाछन् । आफूले त्यहिसम्म गरेको भन्दै वास्तविकता बताउन त्यहाँ दबाब दिएको भिडियो सार्वजनिक भएको छ ।
श्रोतका अनुसार प्रहरीले त्यो कार्यालय र एकाउन्टेनको बिषयमा खोजी गरिरहेको बताईएको छ । तर त्यो कार्यालय कहाँ थियो भन्ने खुल्न नसकेको प्रहरी श्रोतको भनाइ रहेको छ ।
गोरेले भिडियोमा भनेकाछन्,-तिमिहरुलाइ लोड पर्छ भनेर हिसाव किताव गर्न मैले दमकमा नै कार्यालय खोल्दिएको छु, एउटा एकाउन्टेन पनि राखिदिएको छु ।



