त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ महिनामा ३ हजार ८ सय केजी तस्करीको सुन भित्र्याउने चुडामणि उप्रेतीले यसअघि पक्राउ परेकाहरुको सहयोगमा आफूले सुन भित्र्याएको स्वीकारेका छन्।

गृह सहसचिव ईश्वर पौडेल नेतृत्वको साढे ३३ केजी सुन गायब एवं सनम शाक्य हत्या प्रकरण छानवीन गर्न गठित समितिमा बयान दिँदै गोरेले प्रहरीका बरिष्ठ अधिकारीको सहयोगमा सुन तस्करी गरेको उल्लेख गरेका हुन्। समितिले यसअघि प्रहरी डिअाइजी, एसएसपी, एसपी, डिएसपीसहित ३१ जना पक्राउ गरी माेरंग जिल्ला अदालतमा मुद्दा चलाइरहेकाे छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘समितिसँगको बयानमा प्रतिवादी बनाएका आरोपीसँगको संलग्नता गोरे भनिने चुडामणि उप्रेतीले स्वीकारेका छन्’, समिति संयोजक पौडेलले गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने। सुन तस्करी एवं सनम शाक्य हत्याबारे गोरेबाट थप तथ्य आयोले पाएको उनले जानकारी दिए। सहसचिव ईश्वर पोखरेलले उनलाई आजै जिल्ला अदालत मोरङमा पेश गरिने पनि बताए।

‘मुख्य अभियुक्त भएकाले उनलाई आजै अदालतमा पेश गर्छौं। सुन तस्करी जेरीजस्तै जेलिएको छ। हामीले थप सूचना पनि पाएका छौं। त्यसको अनुसन्धान जारी राख्छौं’, सहसचिव पाैडेलले भने। नेपाल खबर डट कम बाट