विष्णुप्रसाद पोखरेल
दमक/बहुचर्चित साढे ३३ किलो सुन प्रकरण र उर्लाबारीका सनम शाक्य हत्याले अब नयाँ मोड लिएको छ । अहिलेसम्म यसको आरोप लगाइदै आएका अभियुक्त चुणमणी उप्रेती गोरे पक्राउ परेपछि यसले नयाँ मोड लिएको हो ।
यतिधेरै चर्चा भइरहदा गोरेको एउटा पनि अभिब्यक्ति बाहिर आएको थिएन । उनलाइ मुख्य दोषीको रुपमा परिभाषित गरिदै आएको अवस्थामा उनको एउटा भिडियो सार्वजनिक भएको छ । जसले उनले आफूलाइ निर्दोष दाबी गरेकाछन् ।
उनि धेरै निराश मुद्रामा रहेकाछन् उक्त भिडियो । उनले यतिसम्म भनेकाछन् यदि आफूले सनम शाक्यलाइ मारेको भए र प्रमाण पुगे उर्लाबारीका बासिन्दाहरु, प्रशासन र अदालतमा ढुंगा हानेर मारेपनि हुन्छ । उनले भनेकाछन्, म भएको भए सनमको ज्यान बचाउथे, म टाढा भएकाले बचाउन सकिन ।
आफूलाई कसैको हत्या गरेर खानु नरहेको भन्दै हत्यारा अर्कै भएको उनको भनाइ रहेको छ । भिडियो आफ्नोमात्र एकपक्षिय खिचिएको सार्वजनिक भएको भन्दै आफूले यस बिषयका प्रमाण उपलब्ध गराउने दाबी गरेकाछन् । उनले भने, सोधिखोजि गरेको म संग पनि प्रमाण रहेकाछन्, कुटपीट झैझगडा भइरहन्थ्यो, एकअर्कामा सोधिखोजी भइरहन्थ्यो ।
उनलाइ आफूलाइ मात्र यसको प्रमुख अभियुक्तको अरुप इकित गरेको प्रति भिडियोमा आक्रोश पनि पोखेकाछन् । उनले जहि पनि गोरेगोरे मात्र भन्दै आफूलाइ जोडिएको उल्लेख गरेकाछन् ।
आफ्नो परिवार र आफन्तलाइ पनि जोडिएको भन्दै यथार्थ कुरा ल्याउन आफ्नो सुरक्षा चिन्ता त्यस भिडियोमा ब्यक्त गरेकाछन् । उनले भनेकाछन्, मैले सनमको हत्या गरेको छैन र गरेको होइन ।



