विष्णुप्रसाद पोखरेल
दमक । झापाको गौरादह १ टुकुनाबस्तिका किसानहरुले लगाएको चैते धान बाली रोगले नष्ट पारेपछि स्थानीय किसानहरुमा रुवाबासी चलेको छ । आकर्षक आम्दानी लिने उदेश्यका साथ चैते धान खेती लगाएका किसानहरुले लगाएको लगानी डुबेपछि किसानहरुमा रुवाबासी भएको हो ।

७० बर्षिया किसान जानुका कट्वालका अनुसार जीबनमा पहिलो पटक धान नभएर भुस फलेको देखिएको छ । हर्दिनाथ १ धानको बीउ लगाईएको र बीउ तथा बोट राम्रो आएपनि धान बाला लाग्न थालेपछि रोगदेखा परेको उहाँले जनाउनु भयो । शुरुवातमा धान फस्टाएर आएको देख्दा राम्रै फल्छ भन्ने विश्वास लागेको बताउदै उहाँले भन्नुभयो, अहिले बालामा धान नै लागेको छैन भुसमात्र रहेको छ ।

स्थानीय किसान यशोदा कट्वालका अनुसार आफूले बर्षेनी रोप्दै आएको धानको बीउ तीनपुस्ता कटेपछि नयाँ बीउ ल्याएर रोपेको जनाउदै पुरै आफूले लगाएको डेढ बिगाह जमिनको धान नष्ट भएको बताउनु भयो । गत बर्ष यहि खेतीबाट आफूले १ सय ७० मन धान बेचेको जनाउदै अहिले पुरै धान नष्ट हुदा बीउ ल्याएको पैसा समेत तिर्न नसक्ने अवस्था आएको बताउनु भयो । आँशु झार्दै भन्नुभयो, बीउ र मलखाद सबै यहि बेचेर तिर्ने भनेर ल्याएका थियौ अब कसरी तिर्ने हो मुश्किल बनेको छ ।

स्थानीय अगुवा किसान खगेन्द्र बस्नेतका अनुसार यहाँको एउटा प्लटमा नै धानमा महामारी देखिएको छ । करिब १५ बिगाह धान खेतीमा एउटै रोग लागेको र यसको प्रकोप आसपास सबैको किसानको धानमा देखिएको जानकारी दिनु भयो । यसरी बालामा धान नै नफलेको पहिलो पटक देखेको बताउदै उहाँले भन्नुभयो, अहिले गाँउभर नै यो धान नफलेर ठूलो समस्या भएको छ, हामीले वडा कार्यालयदेखि लिएर कृषि कार्यालयसम्म सबैलाइ खबर गरेका छौ ।

कृषि सेवा कार्यालय गौरादहका प्राविधिक जगत चौधरीका अनुसार यहाँ धानमा लागेको रोग पहिचान भएको र रोग फैलदो अवस्थामा रहेकाले सजगताका उपायहरु अपनाउन शुरु गरिएको छ । यहाँ ‘नेक ब्लाष्ट’ अर्थात धानको बालाको घाँटीको भाग कुइने रोग लागेको हो । धानको बालाको घाँटीको भाग कुहिएपछि यसबाट उत्पादन केहि पनि लिन सकिदैन । करिब ४ बिगाह नष्ट भइसकेको र बाँकी क्षेत्रमा २५ देखि ५० प्रतिशतसम्म क्षति भएको पाएको उहाँको भनाइ रहेको छ ।

मलखादको प्रयोगमा असवधानीका कारण यो रोग फैलिएको हुनसक्ने अर्का कृषि प्राविधिक देबीप्रसाद सिहले बताउनु भयो । स्थानीयले कुखुराको शुली हाल्न साथ धान रोप्दा यस्तो समस्या आएको आफूहरुको अनुमान रहेको उहाँको भनाइ थियो । यसका साथै डिएपी, यूरियापनि बढि प्रयोग हुँदा नाइट्रोजनको मात्र बढि हुदा पनि यो समस्या आएको उहाँको भनाइ छ ।

स्थानीय क्षेत्रमा गएर यस रोगको प्रकोप रोक्न तालिम प्रदान गर्नका साथै बिषादी प्रयोग गर्न आफूहरुले सिकाएको समेत कृषि सेवा कार्यालय गौरादहले जनाएको छ । हावाको माध्यमबाट यो अन्यत्र फैलदै जाने भएकाले यसले ठूलो क्षति हुनसक्ने बताउदै यसमा सबै सचेत हुनु पर्ने कृषि प्राविधिकहरुको भनाइ रहेको छ ।

झापा गौरादह १ का वडाध्यक्ष नगेन्द्र भण्डारीका अनुसार किसानहरुको समस्या थाहा पाउनसाथ कृषि प्राविधिकहरुलाइ खटाईएको जनाउनु भयो । यो रोगले किसानहरुलाइ ठूलो घाटा लागेको उहाँको भनाइ छ । एक बिगाह चैते धान लगाउनुका लागि सिचाइ, बीउ, जोताइ, मलखाद र कृषि मजदूर प्रयोग गर्दा ३० देखि ४० हजार रुपिया खर्च हुने गरेको छ । उनिहरुले १ लाखसम्म कम्तिमा आम्दानी लिदै आएकामा यो गुमेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah