मेष राशिः
मेष राशि हुनेहरुको लागि भोलिको दिन ईष्र्या गर्ने तथा कमजोरी खोज्नेहरू सक्रिय देखिने गोचर रहेको छ, सावधानी रहनुपर्ला । मिथ्या अभियोग आइलाग्नसक्ने सम्भावना भएकोले होसियारी रहन जरुरी हुनेछ । शुरुशुरुमा भयत्रासको वातावरण सृजना भएपनि सत् प्रयत्न गर्नाले परिणाम सुखद ल्याउन सकिनेछ । औपचारिक कार्यक्रम आदिमा सहभागी हुनुपर्ने सम्भावना पनि रहेको छ । आस्तिक भावना बृद्धि हुनाले धर्मकर्म बढ्नेछ तथा केही धनलाभ र धर्म आर्जन गर्न सकिनेछ । भोलि तपाईँको लागि नौं अङ्क, पहेंलो रङ्गको प्रयोग र गौरीशङ्कर भगवानको दर्शनभक्ति उपाशना आराधना गर्नु हितप्रद हुनेछ ।
वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि भोलिको दिन त्यति अनुकूल मान्न नसकिने देखिएको छ । सोँचेभन्दा बढी संघर्ष गर्नुपर्ने तथा स्वास्थ्यमा पनि समस्या देखिने र कार्यक्षेत्रमा अबरोध सृजना हुनसक्ने सम्भावना छ । आज दीर्घरोगीहरुले आफ्नो स्वास्थ्यको निकै ध्यान पुर्याउनु उपयुक्त हुनेछ भने आहारविहारमा पनि सजगता अप्नाउनु बुद्धिमानी हुनेछ । त्यत्ति सकारात्मक समय नरहेकोले हतार नगरी धैर्यधारणा गर्दै अघि बढ्नाले अप्रत्यासित उपलब्धि पनि हुने देखिन्छ । भोलि यहाँहरुको लागि आठ अंक, रातो रङ्गको प्रयोग एवम् बाधाबिघ्न निवारको लागि भगावन श्री आसुतोषको भक्तिभाव तथा स्तुति गर्नु शुभकर हुनेछ ।
मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि भोलिको दिन ईच्छा भएर पनि प्रेमी वा जीवनसाथीको भूमिका निःतेज हुनसक्ने छ । अपेक्षा अनुरुप हुननसके पनि व्यवसायबाट आंशिक लाभ भने हुनजाला । यात्राको लागि खर्च एवं फगत मनोरञ्जनमा सरिक हुनपर्ला । परपाउनाप्रति व्यवहारिक औपचारिकता निभाउनु पर्ला । अपेक्षित धनसञ्चय नभएपनि केही भौतिक उपलब्धि हुनसक्ने छ । अनपेक्षित व्यवहारबाबजुत पनि दाम्पत्यत्वमा सुखानुभूति गर्नुपर्ला । कसैकसैलाई कैफियत युक्त प्रेमनाटकको व्यवहार आइपर्ने छ भने राजसी दिन चर्यामा मन जानसक्ने देखिन्छ । भोलि प्रयोगको लागि सात अङ्क, सेतो रङ्गको छनौट र भैरवदेवको श्रद्धाभक्ति तपाईँको लागि हितप्रद हुनेछ ।
कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि भोलिको दिन व्यवसायिक प्रगति हुनगइ राम्रोमात्रामा धनार्जन हुने एवम् सन्तुष्टि मिल्ने छ । विरोधीसँगको प्रतिस्पर्धा गर्ने क्षमता बढ्ने तथा विजय मिल्ने छ । लौकिक प्रभुत्व बढ्ने तथा शत्रुपक्षलाई झुकाउन सकिने योग परेको छ । व्यापारीलाई यथेष्ट लाभ हुनसक्ने छ भने उद्यमको विकास र प्रख्याति बढ्ने देखिन्छ । शारीरिक स्वास्थ्यमा आरोग्यता बृद्धि हुनगइयथेष्ट आत्मबल बढ्ने छ । आ“टसाहसले कार्य संपादन गर्नसकिने छ । अनुहारमा कान्ति बढ्ने तथा मान्छेहरु आकर्षित हुनेछन् । मनोरम स्थानको यात्रा हुने र प्रेमीबाट प्रेमसुख प्राप्त हुनेछ । गौरवानुभूति हुने दिन छ ।
सिंह राशिः
सिंह राशि हुनेहरुको लागि भोलिको दिन दिनलाई सुधारोन्मुख त मान्न सकिन्छ । तरपनि कुनै कुनै क्षेत्रमा आक्रोश एवं रणनीतिक भूमिकाको चेष्टा हुनसक्ने छ । अध्ययन आदि प्राज्ञिककर्ममा सफलता एवं नीतिगत कार्यमा सम्मान पनि नमिल्ला भन्न सकिन्न । कुट्नैतिक कार्य तथा प्रस्तुतिमा सफलता र प्रशंसा पाइने छ । अदृष्य समस्या आइपर्ने र समयको दुरुपयोग हुने हो कि भन्ने डर पनि देखिएको छ । सैद्धान्तिक छलफल र अर्तिउपदेश जन्य वातावरणको संयोग जुट्न सक्नेछ । कसैकसैलाई सन्तानको बाटोबाट चिन्तित हुनपर्ने कुरालाई पनि नकार्न सकिन्न । भोलि यो राशि हुनेहरुले कुमारीकन्यालाई सेतोवस्तु दान दिनु विशेष हितकर हुनेछ ।
कन्या राशिः
कन्या राशि हुनेहरुको लागि भोलिको दिन होसियारी रहनुपर्ने देखिएको छ । विनाकारण कसैसँग वादविवाद तथा मनमुटाव हुनसक्ने सम्भावना रहेको छ । व्यवहारमा जरुरीसम्बन्ध मात्रै राख्नु उपयुक्त हुनेछ । आज केही पारिवारिक समस्याको पनि सामाना गर्न पर्नसक्ने छ । अगाडि सारिएको काममा विलम्ब हुने तथा अबरोध आइपर्नसक्ने सम्भावना रहेकोले धैर्यताको मानसिकताको विकास एवम् अभ्यास अवलम्बन गर्नुपर्ला । मानसिक संकिर्णतालाई प्रवेश नदिई आफ्नो कर्मक्षेत्रलाई निरन्तरता दिनाले भने केही लाभ गर्नसकिने छ । भोलि चार अंक, सेतो रङ्ग यहाँको लागि उपयुक्त हुनेछ भने आमाको आर्शिवादले यहाँलाई ठूलो हित गर्नेछ ।
तुला राशिः
तुला राशिहुनेहरुको लागि भोलिको दिन पुरुषार्थिलो रहनेछ । जोशजाँगर बढेर आउने हुनाले रोकिएर रहेको काम पूरा गर्ने मौका मिल्नेछ । आज यहाँलाई कुनै कन्यालाई सेतो वस्तु दान दिनु उपयुक्त हुनेछ । सहयोगीहरु जुट्ने र इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । बन्धुबान्धवबीचको सम्बन्धमा सुधार आउनेछ भने सहकार्यको लागि प्रस्ताव आउनसक्नेछ । पेशागत क्षेत्रबाट आर्थिक उपार्जन गर्न सकिनेछ । तेस्रोक्रम, प्राकृतिक रङ्ग भोलि तपाईको लागि उपयुक्त रहनेछ भने कसैको दाजुभाइबीचको सम्बन्धमा सुधारको लागि समन्वय गरिदिँदा प्रष्तिठा बढ्ने छ ।
वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि भोलिको दिन गोचरको समान्य प्रतिकूल भूमिका रहेकोले जन्मकालमा सम्बन्धित ग्रह प्रतिकूल हुने तथा जन्मदशा अनुसार पनि प्रतिकूल ग्रहको पालो चलिरहनेहरुलाई कपटनियतका व्यक्तिहरुको षड्यन्त्रको सामना गर्न पर्नसक्ने छ । यहाँको हैसियत गिराउने खेल हुनसक्ने छ सावधानी अपनाउनु बुद्धिमानी हुनेछ । बोलीवचनमा संयम गरेको राम्रो हुनेछ । भोलि यहाँलाई अतिरिक्त किनमेलतर्फ मन नदिएकै राम्रो हुनेछ अन्यथा कमसल चिजमा धनको अपव्यय हुनसक्ने छ । गोचरको प्रतिकूल अवस्थालाई बुझेर विद्वानजनको मार्गदर्शन अवलम्बन एवं भगवान शिवको स्तुति आराधना गर्दै चलेमा सम्भावित खतिबाट बच्न सकिनेछ भने दैनिक पेशाको क्षेत्रबाट केही लाभ पनि गर्नसकिएला ।
धनु राशिः
धनु राशि हुनेहरुको लागि भोलिको दिन खुशी एवम् उत्साह र उमङ्गिलो भएर बित्ने देखिन्छ । इष्टमित्रहरुको आगमनले पारिवारिक वातावरण रमाइलो हुनेछ । पेशा तथा व्यवसायका कामहरु थपिनसक्ने छन् । दिनचर्या व्यस्त नै रहनेछ । स्वागत सत्कारको अवसर पनि प्राप्त हुनसक्ने छ । कार्यक्षेबाट हैसियत एवम् औकात अनुसारको फाइदा उठाउन सकिनेछ । जागिर एवम् समाजसेवा र राजनीतिक क्षेत्र आदिमा पनि सन्तोषप्रद वातावरण बन्नसक्ने छ । यहाँहरुको लागि भोलि एक अंक, पहेंलो रङ्ग र गुरुजनको सेवाश्रद्धा उपयुक्त रहनेछ ।
मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि भोलिको दिन खर्च बढ्नसक्ने देखिएको छ भने कार्यक्षेत्रमा पनि अल्लि बढी मेहनत गर्नुपर्ने छ । शुरुमा केही अपजश पनि खेप्न नपर्ला भन्न सकिन्न । अल्लि बढी कोसिस एवम् संघर्षले केही उपलब्धि ल्याउन सकिएला । औपचारिकता निर्वाह गर्नपर्ने खालका भेट्घाट आदिको लागि याात्रा गर्नु, उपहार आदि दिनु जस्ता कार्यमा खर्चको सदुपयोग गर्नु उचित हुनेछ । त्यस्तै ३ अंक र पहेंलो रङ्ग यहाँलाई आज शुभ हुनेछ भने कसैको सहयोगार्थ निस्काम भूमिका निर्वाह गर्नाले सन्तोष मिल्नेछ ।
कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि भोलिको दिन सदुपयोग गर्नजाने लाभकर दिन परेको छ । पेशागत कार्यमा उपयुक्त सफलता मिल्नेछ । अनुकूल गोचरप्रभावको सदुपयोग गरी व्यवसायबाट प्रचुर लाभ गर्नसकिने छ । पुरुषार्थ बृद्धि हुने रसोवापत मान्छेहरुबाट प्रसंशा मिल्ने तथा सहयोग पनि प्राप्ति हुने गोचर लक्षण छ । आफन्तजनबाट सहयोग प्राप्त गर्नसकिने तथा व्यवहारिक प्रगति एवम् स्याबासी मिल्ने र यश कृति पनि बढ्ने छ । प्रगतिकारक दिनको सदुपयोग गरी वैयक्तिक प्रगति एवं व्यवसायिक उन्नयन तर्फ चेष्टा दिनु बुद्धिमानी हुनेछ । गुमेको प्रतिष्ठा फर्काउन र बैंकब्यालेन्स बढाउनसकिने साथै विद्यामा पनि प्रगति हुनेछ ।
मीन राशिः
मीन राशिका व्यक्तिहरुको लागि भोलिको दिन औपचारिक मानसम्मानप्रद रहनेछ । नोकरी आदि पेशा र व्यापार व्यवसाय एवम् समाजसेवाको क्षेत्रबाट प्रशंसा प्राप्त हुनेछ । राजनीतिमा पनि पदप्रतिष्ठा कायम हुनसक्ने छ । उच्चपदस्थ व्यक्तित्त्वसँग भेटघाट हुन तथा योजना आदि तर्जुमा गर्न सकिनेछ । कार्यक्षेत्रबाट यथोचित भौतिक लाभ हातपर्ने ग्रहयोग देखिन्छ । शिक्षा क्षेत्रमा पनि ग्रहले उपयुक्त भूमिका निर्वाह गरेको छ, समयको फाइदा लिनुहोला । यहाँलाई भोलि एक अंक, रातो रङ्गको उपयोग र भगवान शिवको श्रद्धाभक्ति गर्नु हितकर हुनेछ



