(पार्थ मण्डल) झापा । सरकारले जातीय छुवाछुतको अन्त्य गर्दै देशमा नयाँ कानुन ल्याइसकेको छ । तर, सरकारको कानुनलाई लत्याउँदै शिक्षामा जातीय विभेद गरी झापाको भद्रपुर ६ स्थित संस्कृत विद्यालय श्री कृष्ण दै्रपायन गुरुकुल बेद विधाश्रमले दलित विद्यार्थीलाई संस्कृत पठनपाठनबाट बञ्चित गरेपछि झापाका दलित अधिकारकर्मीहरु थप आन्दोलित बनेका छन् ।
भद्रपुर ६ स्थित संस्कृत विद्यालय श्री कृष्ण दै्रपायन गुरुकुल बेद विधाश्रमले इलाम नगरपालिका–५ बर्वोटे निवासी ८ बर्षीय अनाथ बालक विकास कार्की (डोली)लाई भर्ना लिन मानेनन् । गुरुकुलका संस्कृत विद्यालयको प्रशासन शाखालाई आग्रह गर्दा समेत उनलाई भर्ना गर्न अस्वीकार गरेका थिए ।
दलित समुदायका बालक विकासलाई गुरुकुृलले भर्ना लिन अस्वीकार गरेपछि झापाका दलित अधिकारीकर्मीहरु थप आन्दोलित बनेका हुन् । शिक्षामा जातीय विभेद गरेको भन्दै आपत्ति जनाउँदै नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनले एक साताअघि गुरुकुलमा तालाबन्दी गरिसकेको छ । तालाबन्दी गरेलगतै संगठनले जिल्ला प्रशासन कार्यालय झापा पुगी प्रमुख जिल्ला अधिकारी जनकराज दाहालमार्फत प्रधानमन्त्री कार्यालयलाई गुरुकुलभित्र हुने विभेद्लाई अन्त्य गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाइएको छ, भने दलित अधिकारकर्मीहरुले स्थानीय सरकार भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठलाई पनि ज्ञापनपत्र बुझाएका छन् ।
तालाबन्दी र ज्ञापनपत्र बुझाएको एक साता बित्न लाग्दा समेत कुनै निकाय र पक्षबाट पहल नभएपछि दलित अधिकारीकर्मीहरु शुक्रवार गुरुकुल घेराउ गर्दै थप आन्दोलित बनेका हुन् । ‘२१ औ सताब्दीमा आएर पनि दलित माथि भइरहेको अन्यायको विरुद्धमा उत्रिएका छौ, दलित महिलाकर्मी तारादेवी वोगटीले भनिन् । सरकारले जातीय छुवाछुतको अन्त्य गरिसकेको छ, उनले भनिन्, ‘सरकारले बनाएको कानुन व्यवहारमा नल्याउँदा जातीय विभेद बढेको हो र यसको अन्त्यका लागि हामी आन्दोलित बनेका छौ ।’ नेकपामा जितु गौतम भने, “शिक्षामा जातीय विभेद सरकारले अन्त्य गरिसकेको अवगत गराउँदै जातको आधारमा कोही शिक्षाबाट बञ्चित हुन्छ, भने त्यो हामी स्वीकार हुदैन् ।” नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष टिकाराम मंग्रातीले दलितको नाममा धर्मविरोधीहरुले जुन चलखेल गरिरहेका छन्, त्यस्ता विरोधी कार्य तत्काल बन्द गर्न चेतावनी दिएका छन् । ‘उत्पीडित समुदायलाई विभेद गर्नेका निम्ति कसैले उक्साइरहेको छ, उनले भने, ‘दलितहरुलाई जातका नाममा विभेद गर्ने र यो धर्म, राज्यबाट पलायन गराउने धर्मविरोधीहरु लागि परेको छ ।’ “ ‘न त हामी धर्म परिर्वतन गछौ, न त देश छाड्छौं, हामी यहीबाटै संघर्ष गरी न्याय लिन्छौ, उनले भने ।”
गुरुकुल घेराउ गर्दै कालो झण्डा राखे
जिल्लाभरका सयौको संख्यामा भेला भएका दलित अधिकारकर्मीहरुले शुक्रवार सदरमुकाम भद्रपुरबाट निकालिएको विरोध प्रर्दशनसहितको वहृत र्याली गुरुकुल वेदश्राम घेराउ गरेका थिए । दलितलाई विभेद गर्ने गुरुकुल बन्द गर, जातीय छुवाछुतको अन्त्य गर भन्दै उनीहरुले चर्को नाराबाजी समेत गरेका थिए । नाराबाजी गर्दै पुगेका र्यालीले गुरुकुलको बाहिरी गेटमा दलितलाई विभेद गर्ने गुरुकुल बन्द गर लेखिएका १३ वटा कालो झण्डा लगाएका थिए । प्रहरीले उनीहरुलाई गेटमै रोकेका थिए । झण्डा लगाए पश्चात उनीहरु र्यालीसहित कोणसभाका लागि सदरमुकाम फर्किएका थिए । मेची रंगशाला अगाडीको खुल्ला मैदानमा वृहत कोणसभा गर्दै उनीहरुले स्थानीय, प्रदेश तथा केन्द्रीय सरकारलाई खबरदारी गरेका थिए ।
यस्तो छ कानुनी अधिकार
देशभरका गुरुकुल, विधापिठमा, सबै जाति, लिङ्गका विधार्थी अध्ययन गर्न पाउनुपर्ने, गुरुकुल आश्रम सञ्चालन पक्षले अमानवीय व्यवहार गरेमा जातीय छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन २०६८ को दफा ४ (२) बमोजिम जातीय छुवाछुत जन्य कसुर कार्य भएमा तुरुन्त पक्राउ गरी ऐ.ऐनको दफा ७ (१) (क) बमोजिम हैद सम्म कानुनी कारवाही हुन्छ । सोही कानुन बमोजिम दलित भएकै कारण भर्ना लिन अस्वीकार गरेको विद्यार्थीलाई भर्ना गर्नुपर्ने, कुरिती र कुसंस्कारको संरक्षण गर्ने पाठशाला खारेजी गर्नुपर्ने माग गर्दै उनीहरु आन्दोलित बनेका हुन् । जातीय भेदभाव र छुवाछुत मुद्धासहितको जाहेरी दिन गएका दलित अधिकारकर्मीहरु प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक बिष्णुकुमार केसीलाई भेटर फर्किएको जनाइएको छ । यता प्रहरी उपरीक्षक केसीका अनुसार आइतबार गुरुकुलका पदाधिकरी विरुद्ध आइतबार मुद्धा दर्ता गराउने तयारीमा रहेको जनाए ।
-टाइम्स अफ प्रदेश बाट साभार



