आफूले सार्वजनिक गरेको सम्पत्ति विवरणमा चौतर्फी प्रश्न उठेपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले त्यसबारे स्पष्टिकरण दिएका छन्।

गत संघीय निर्वाचनमा आफूसँग केही सम्पत्ति नभएको र आफ्नो हैसियत साइकल चढेर हिँडने भएकाे भन्दै साइकल चढेर जनतामा गएका लालबाबु पण्डित मन्त्री बनेपछि एकाएक अस्वभाविक सम्पत्ति विवरण आएपछि त्यसको सबैतिर आलोचना हुँदै आएको छ।

बिहीबार मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजकि गर्दा लालबाबुले नाममा विराटनगरमा घर, ५५ लाख नगद र १० तोला सुन देखिएपछि त्यसको आलोचना भएकाे हो।

शनिबार रिपोर्टर्स क्लवले गरेको साक्षात्कार कार्यक्रममा मन्त्री पण्डितले आफ्नो सम्पत्ति विवरण ०७० सालमा मन्त्री हुँदा सार्वजनिक गरेको जत्तिनै भएको दावी गरे। उनले भने, ‘मेरो सम्पत्ति म ०७० सालमा मन्त्री हुँदा जति थियो त्यति नै हो, जति वृद्धि भएको छ त्यो बैंकिङ प्रणाली अनुसार वृद्धि भएको हो।’

उनले आफूले अहिले सार्वजनिक गरेको सम्पत्ति विवरण आफू मन्त्री भएपछि कमाएको नभएको दावी गरेका छन् भने ललितपुरको भैंसेपाटीमा भएको जग्गा दाइजोमा ल्याएको बताएका छन्।

‘मैले ढिलो विवाह गरेको हुँ, मेरी श्रीमतीपनि ३५ वर्ष पुगेकी थिईन्, उनको परिवार ललितपुरको भैंसैपाटी वडा नम्बर ३ थियो, माईतीले मेरो श्रीमतीलाई घर बनाउनको लागि जग्गा दिनुभएको थियो’, उनले भने।

त्यस्तै उनले सम्पत्ति बढ्नुमा जग्गाको आम्दामीलाई समेत देखाएका छन्। ससुरालीबाट प्राप्त भएको जग्गा भाडामा रहेको भन्दै उनले त्यसबाट समेत आम्दामी भैरहेको दावी गरे।

त्यस्तै घर बनाउनका लागि बैंकमा राखेको पैसा वृद्धि हुनु पनि आफ्नो सम्पत्ति बढ्नको अर्को कारण भएको उनले प्रस्त पारेका छन्।

त्यस्तै निर्वाचनमा निर्वाचन परिचालनका लागि सबैतिरबाट सहयोग प्राप्त भएको र त्यसबाट समेत आफ्नो आम्दामी वृद्धि भएको उनको दावी थियो।

मन्त्री पण्डितले ससुरालीले दिएको जग्गामा घर बनाउने कि नबनाउने भन्नेबारेमा अहिले पनि श्रीमतीसँग असमझदारी रहेको बताए। नेपाल खबर बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah