नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलमा कार्यविभाजन बाँडफाँड गरिएको छ। अध्यक्षद्वय केपी ओली र प्रचण्डले शनिबार साँझ प्रतिनिधिसभा र राष्ट्रिय सभा संसदीय दलमा नेताहरूको कार्यविभाजन टुंग्याएका हुन्।

बालुवाटारमा भएको अध्यक्षद्वयबीचको छलफलले चार पदमा तत्कालीन दुई पार्टीका तर्फबाट दुई–दुईजना पर्ने गरी जिम्मेवारी टुंग्याइएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेकपा संसदीय दलको उपनेता सुवास नेम्वाङ र राष्ट्रिय सभा संसदीय दलको नेता दीनानाथ शर्मा बनाउने सहमति ओली–प्रचण्डले गरेका छन्। गत हप्ता नै नेकपा संसदीय दलको नेतामा प्रधानमन्त्री ओली चयन भइसकेका छन्।

त्यस्तै, प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतक देव गुरुङ तथा सचेतक शान्ता चौधरीलाई बनाउने सहमती भएको छ। गुरुङ तत्कालीन माओवादीका तर्फबाट संसदीय दलको प्रमुख सचेतक थिए भने चौधरी एमालेबाट सचेतक थिइन्।

राष्ट्रिय सभाको प्रमुख सचेतक र सचेतक आज बस्ने ओली प्रचण्डको वैठकले टुंगो लगाउने बताइएको छ।