काठमाडौं । सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त मानिएका चुडामणि उप्रेती ‘गोरे’को बयान सकिएको छ । गत बुधबारबाट मोरङ जिल्ला अदालतमा सुरु भएको बयान आज सकिएको हो ।

गोरे पक्षका वकिल यमबहादुर मगरका अनुसार आज नै थुनछेक बहस सुरु हुनेछ । वादी र प्रतिवादी वकिलको बहसपछि गोरेलाई तारेख वा धरौटीमा छाड्ने वा पूर्पक्षका लागि जेल चलान गर्ने भन्नेबारे अदालतले आदेश दिनेछ । मोरङ जिल्ला अदालतका न्यायाधिश नारायण शर्माको बन्द इजलाशसमक्ष उनले बयान दिएका थिए । बन्द इजलाशमा सनमका आफन्तलाई पनि प्रवेश दिइएको थिएन ।

गत माघ पहिलो साता यूएईबाट आएको साढे ३३ किलो सुन गायब र त्यसपछि सनम शाक्यको हत्या भएपछि घटनाले नयाँ मोड लिएको थियो । सनम शाक्यको हत्या भएपछि गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा उच्चस्तरीय विशेष छानबिन समिति गठन गरिएको थियो ।

समितिले सुन तस्करीमा ठूलो गिरोहको संलग्नता रहेको भन्दै प्रहरीका उच्च अधिकारीसहित ६३ जनाविरुद्ध मुद्दा दायर गर्न मोरङ प्रहरीलाई सुझाएको थियो । मुख्य अभियुक्त भनिएका गोरे मंगलबार काठमाडौंमा पक्राउ परेकै दिन पक्राउ परेका ३० जनामध्ये २८ जनालाई पूर्पक्षका लागि जेल चलान भइसकेका छन् । गोरेले अदालतको बयानमा सुन तस्करी र सनम हत्याबारे के बयान दिएका छन् भन्नेबारे खुलेको छैन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah