काठमाडौँ, १७ पुस । काठमाडौँकै चन्द्रागिरी डाँडामा हिउँ परेको छ । राजधानी लगायत देशका विभिन्न ठाउँमा मौसम बदली भइरहेका बेला आज काठमाडौँको चन्द्रागिरी, भालेश्वर मन्दिर, केबलकारको टप स्टेशनमा हिउँ परेको चन्द्रागिरी हिल्सकी बजार अधिकृत इन्दिरा पौडेलले जानकारी दिइन् । नयाँ बर्षका दिन चन्द्रागिरी घुम्न गएकाहरुले हिउँमा खेल्दै गरेको तस्वीर फेसबुकमा राखेका छन् ।

पश्चिमी वायुको प्रभावले शनिबारबाट देशभर अत्याधिक चिसो बढेको छ। घाम नलाल्नुका साथै हल्का पानी पनि परेका कारण काठमाडौँमा शनिबारको तुलनामा आइतबार झनै चिसो बढेको छ ।
राजधानीको न्यूनतम तापक्रम ५ डिग्रीबाट घटेर ४ दशमलव ५ र अधिकतम १२ डिग्रीसम्म पुगेको छ ।
घाम नलाग्नुका साथै तापक्रम पनि १९ डिग्रीबाट १२ डिग्री सेल्सियसमा झरेका कारण चिसो अनुभव भएको मौसम पूर्वानूमान विभागका मौसमविद् बरुण पौडेलले दैनिक नेपाललाई जानकारी दिए ।




